- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

देवघाट गाउँपालिकालाई कांग्रेसको आर्थिक सहयोग

May 9, 2020
596
Shares
- ADVERTISEMENT -

चितवन, २७ बैशाख २०७७ । नेपाली कांग्रेस देवघाट गाउँ समितिले देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक लाख बत्तीस हजार सातसय छयासि रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमणको असहज परिस्थितीलाई न्यूनीकरण गर्नका लागि काँङ्ग्रेस देबघाटका सभापति प्रेम बहादुर गुरुङ्ग मार्फत आज सहयोग गरेको हो । महामारिको समयमा सबै एकजुट हुनुपर्ने र कोरोनाबाट बच्न नेपाली कांग्रेसले जनचेतना मुलक सन्देश समेत प्रवाह गर्दै आईरहेको कुरा गाउँ समितिका सभापति गुरुङ्गले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

आर्थिक रूपमा कमजोर ,बिपन्न वर्ग र ज्यालादारी मजदुरहरुको लागि राहत कोषमा रकम जम्मा गरि एकद्वार प्रणालीअनुसार गाउँपालिकाले सहयोग गर्ने गरेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले कोरोना संकटको समयमा राहत सहयोग गरेर उदाहरणीय कार्य गरेको भन्दै नेपाली कांग्रेस गाउँ समितिलाई धन्यवाद दिनुभयो । देवघाट गाउँपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण र लकडाउनबाट अप्ठ्यारोमा परेका ब्यक्तिहरुको सहयोगको लागि सिद्धार्थ बैक देवघाट शाखामा स्थापना गरिएको राहत कोषको खाता नम्बर ग७.२.००८१५३८६२०७ गमा सहयोग गर्न सक्ने ब्यबस्था मिलाएको छ । इच्छुक सहयोगी महानुभावहरुले राहत कोषमा रकम जम्मा गर्न देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापामगरले अनुरोध गर्नु भएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नं १ का वडाअध्यक्ष भिम बहादुर गुरुङ्ग, वडा नं ४ का वडाअध्यक्ष पदम बहादुर गुरुङ्ग, वडा नं ५ का वडा अध्यक्ष याल बहादुर गुरुङ्ग, नेपाली कांग्रेस देवघाट गाउँ समितिका सचिव कृष्ण राज न्यौपाने, नेपाली कांग्रेस देवघाट ५ नं वडाका संयोजक पूर्ण बहादुर कुँवर, नेपाली कांग्रेस देवघाट ४ नं वडाका संयोजक तिल बहादुर थापा, देवघाट गाउँकार्यपालिका सदश्य चन्द्र प्रकाश बि क र नेपाली कांग्रेस सदस्य बद्रीप्रसाद मिश्र लगायतको उपस्थिती रहेको नेपाली कांग्रेस देबघाटका कार्यकर्ता अर्जुन अधिकारीले जानकारी दिनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com