- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सरकारी कार्यालयहरु सञ्चालन गर्ने सरकारको तयारी

May 9, 2020
684
Shares
- ADVERTISEMENT -

काठमाडौं, २७ बैशाख २०७७ । कोरोना संक्रमण रोक्न सरकारले लगाएको लकडाउनसँगै धरासायी बन्दै गएको अर्थब्यवस्थालाई सरकारले मुर्त रुप दिने तयारी गरेको छ । सर्वसाधरण लगायतको कामहरु नराम्रोसँग प्रभावीत भएपछि सरकारले भोलिबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने तयारी गरेको हो ।

लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले सबै सरकारी कार्यालयका सेवा सामान्य हुन भने केही समय लाग्ने देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

गत बुधबारको मन्त्रिपरिषद बैठकले चैत्र ११ गतेबाट जारी लगडाउन जेठ ५ सम्म लम्ब्याएपनि अत्यावश्यक कामका सवारी साधन चल्न दिने र ४४ प्रकारका उद्योगहरु डब्ल्यूएचओले जारी गरेको निश्चित मापदण्ड पुरा गरी खोल्न दिने निर्णय गरेको थियो । योसँगै अब सरकारले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै भोलिबाट काठमाडौं उपत्यकाका अधिकाशं सरकारी कार्यालयहरु खुल्न लागेका हुन् । उद्योग कलकाराखाना लगायत खोले पनि सरकारी कार्यालयसँग अन्तरनिहित हुने भएकोले पनि कार्यालयहरु खुल्नेछन् ।

राष्ट्रबैकले पनि मापदण्ड पुरा गरी बैक तथा वित्तिय संस्थाहरुलाई एक तिहाई कर्मचारी उपस्थित भई शाखाहरु खोल्न निर्देशन दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष सुरु हुने बेला कार्यालयमा आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरुलाई उपस्थित हुन भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com