- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापान सरकारले विद्यार्थीहरुको लागि थप एक लाख दिने निर्णय

May 9, 2020
556
Shares
- ADVERTISEMENT -

जापान, २७ बैशाख २०७७ । जापान सरकारले त्यहा अध्ययन गर्ने विद्यार्थीको लागि थप एक लाख सहयोग गर्ने तयारी गरेको छ । विदेशबाट अध्ययनको लागि जापान पुगेका ति विद्यार्थीहरुको लागि सरकारको यो तयारीले थप सहयोग पुग्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारण विद्यार्थीहरु आर्थिक मारमा परेको भन्दै जापान सरकारले यस्तो तयारी गरेको हो ।

जापानका शिक्षामन्त्री कोइचु हगिउदेले सरकारले यसैसाता यो योजना सुरुगरिसक्ने प्रतिक्रिया दिए । जापान सरकारले यसअघि पनि जापानमा रहेको विद्यार्थीहरुलाई १ लाख राहत दिने निर्णयलाई कार्यन्वयन गरिसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

जापानमा रहेका लाखौँ विदेशी विद्यार्थीहरु कोरोनाको कारण आंशिक रोजगारबाट विमुख रहेको सन्र्दभमा जापान सरकारले ल्याएको योजनाले उनीहरुलाई सहयोग हुनेछ ।

जापानमा अध्ययनको लागि हजारौ नेपालीहरु रहेका छन् । मकवानपुरबाट पनि हजारौ विद्यार्थीहरु अध्ययनको लागि जापान रहेका छन् ।
जापानमा वद्यार्थीहरुको सुरक्षा र समस्याको लागि जापान सरकारले सधै सहयोग गर्ने गरेको टोपा जापनिज सहयोग सञ्जालका केन्द्रीय अध्यक्ष कपिलदेब थापाले बताए । विश्वमा कोरोना महामारी निकै दु्रत गतिमा फैलिएको भएपनि जापान सरकारले विना लकडाउन कोरोना विरुद्ध आफुलाई अब्बल बनाएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

लकडाउनको समयमा मारमा परेका विद्यार्थीहरुको लागि जापान सरकारले ल्याएको यस्तोखाले योजनाले विश्वमा जापानमात्र विद्यार्थीहरुको भविष्यको बारेमा चिन्ता गर्ने देश भएको देखिएको जापान अध्ययनको लागि परामर्श दिईरहेको हेटौँडाको नागासाकी एजुकेशनल हेटौँडाका प्रमुख शेखर थपलियाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com