Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:५१ बिहान
- ADVERTISEMENT -

सांसद् अपहरण भएको भनिएको घटनाको यथार्थ बुझ्नु जरुरी -नेता नेम्वाङ

प्रकाशित मिति: २०७७ वैशाख २६, शुक्रबार

706
Shares

काठमाडौँ, २६ बैशाख २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले कोरोना सङ्क्रमणविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले कोरोनाको चुनौतीलाई सामना गरिरहेको अवस्थामा बजेट अधिवेशन प्रारम्भ भएको बताउँदै कोरोनाविरुद्धको लडाइँमा सबैलाई एकजुट हुन आग्रह गरे ।

नेता नेम्वाङले कोरोना रोकथामका लागि लकडाउन आवश्यकता एवं बाध्यता भएको र यो प्रभावकारी ढङ्गले कार्यान्वयन भएका कारण कोरोनाको सङ्क्रमणले नेपालमा भयावह रुप लिन नपाएको बताए । सबै एकजुट भएका कारण यो परिणाम आएको बताउँदै उनले आफ्नो दलका तर्फबाट सरकारलाई स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागका रहेर काम गर्ने सबैलाई धन्यवाद दिए ।

कोरानाले धेरै क्षेत्रमा प्रभाव पारेको उल्लेख गर्दै उनले विदेशमा रहेका र हाल अप्ठ्यारामा परेका नेपालीको समस्या सम्बोधन गर्न सरकारको ध्यान गएको र चाँडै यथोचित काम हुने जानकारी गराए । उनले केही दिनअघि सांसद् अपहरण भएको भनिएको घटना उचित नभएको बताउँदै त्यसबारे यथार्थ के हो भन्नेबारेमा बुझ्नु जरुरी रहेको धारणा व्यक्त गरे । नेता नेम्वाङले आफूहरु कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नरहेको स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -