- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४, नेपालभर १ सय २

May 8, 2020
526
Shares
- ADVERTISEMENT -

काठमाडौं, २६ बैशाख २०७७ । नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ ।

भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो । १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताए ।

- ADVERTISEMENT -

Advertisement

नेपालमा भेटिएका १०२ संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन: संक्रमण देखिएको छ ।

नेपालमा गएको २४ घण्टामा १ हजार ८ सय ५९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ७० हजार २३ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

१५ हजार ४ सय ९२ जनाको पिसिआर र ५४ हजार ५ सय ३१ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।

संक्रमितमध्ये ७४ पुरुष र २८ महिला छन्। हालसम्म ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उपचाररत ७२ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र ३ र बाहिर १ सय ३२ गरी कुल १ सय ३५ जना अस्पतालको आइसोलेसनमा छन्। मुलुकभर हाल १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com