Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:०२ बिहान
- ADVERTISEMENT -

स्वास्थ्य मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको मेडिकल सामाग्री हस्तान्तरण

प्रकाशित मिति: २०७७ वैशाख २४, बुधबार

662
Shares

काठमाडौं, बुधबार, २४ बैशाख २०७७ । एआइएनले स्वास्थ्य मन्त्रालयलाई ४ करोड ५३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको छ ।

अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) ले कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको हो ।

एआइएनको पहलमा १६ वटा संस्थाले संयुक्त रुपमा खरिद गरेको ती मेडिकल सामग्री झण्डै ४ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिसरमा आज बुधवार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, समाज कल्याण परिषद्का कार्यवाहक सदस्य सचिव शिवकुमार बस्नेत तथा एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको हो ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशिकामा तोकिएको मापदण्ड अनुसार भौतिक दूरी कार्य गर्दै आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, एआइएनका सदस्य तथा सञ्चारमाध्यमको उपस्थिति रहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एआइएनको पहलका लागि आभार प्रकट गर्दै भने,‘मेडिकल सामग्रीहरुको खरिद चुनौतीपूर्ण भएको अहिलेको संकटको समयमा गैरसरकारी संस्थाहरुको सहयोग साँच्चिकै प्रशंसायोग्य छ । यी सामग्रीहरुलाई प्रदेश र जिल्लाहरुमा पु¥याउन मन्त्रालयसँग समन्वय गर्न म सबै संस्थाहरुलाई आग्रह गर्दछु ।’

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा दीर्घकालिन पुनर्लाभ र मुलुकको उत्थानशीलता निर्माणका लागि सरकार, विकास साझेदार र नागरिक संघसंस्थाले काँध मिलाई आपसमा सवल ढंगमा काम गर्नुपर्ने समय हो’ एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -