उदयपुर, २४ बैशाख २०७७ । उदयपुर जिल्लाका कोरोनाभाइरसको संक्रमित छ जनालाई निको भएको छ ।
उदयपुरमा २८ जनालाई कोरोना भाइरसको संक्रमण भएको थियो । तीमध्ये ६ जनालाई निको भएको जनाइएको छ । उनीहरूको विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो ।
दोस्रो पटक पीसीआर परीक्षण गर्दा ६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ । निको भएका छ जनालाई बुधबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ । छ जनासहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ ।
नेपालमा हालसम्म कुल ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।








































