- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

वीर अस्पतालमा पिसिआर परीक्षण गर्ने कीट सकियो, दुई दिन देखि परीक्षण बन्द

May 5, 2020
632
Shares
- ADVERTISEMENT -

काठमाडौं, २३ बैशाख २०७७ । देशकै सबैभन्दा जेठो वीर अस्पतालमा कोरोना परीक्षणका लागि चाहिने पिसिआर परीक्षण किट सकिंदा दुई दिनदेखि परीक्षण बन्द भएको छ ।

स्वास्थ्य मन्त्रालयमा एक साता देखि खबर गर्दा समेत आवश्यक परीक्षण किट नपुगेको पछि काम रोकिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए ।

- ADVERTISEMENT -

Advertisement

वीर अस्पतालले पाएको किट मन्त्रालयकै अनुरोधमा ६ नं प्रदेशमा पठाएकाले किट अभाव भएको डा. सेन्चुरील जानकारी दिए ।

परीक्षण किट नहुँदा दैनिक रुपमा २० देखि २२ जनासम्मको कारोना परीक्षण हुँदै आएकोमा अहिले परिक्षण ठप्प भएको वीर अस्पतालकी प्याथोलोजी विभागकी प्रमुख डा. प्रतिभा विष्टले जानकारी दिइन्। वीरले जम्मा ४०० किट पाएकोमा त्यसमा पनि मन्त्रालयको अनुरोधमा २ सय किट पुनंः उनीहरुकै प्रयोजनका लागि दिइएको थियो । ‘कोरोनाको संक्रमण बढेका बेला झन धेरै व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने बेलामा किटको अभाव भएको छ’, उनले भनिन्।

- ADVERTISEMENT -

Advertisement

वीर अस्पतालमा ल्याबका लागि दक्ष जनशक्ति एवं मेशिन हुँदाहुँदै पनि किटको अभावमा परीक्षण रोकिनु अस्वभाविक भएको उनले बताईन।

वीर अस्पतालमा अहिलेसम्म १३९ जनामा पिसिआर कीट माध्यमबाट परीक्षण भएको छ। जसमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको डा. बिष्टले बताईन।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com