काठमाडौँ, २२ बैशाख २०७७ । जनताकाे जीवन रहे विकास अर्काे वर्ष गर्न सकिन्छ भनी युवराज वस्ताकोटीले सुझाब दिनु भएको छ । विश्वमा फैलिदै गएको कोरोना संक्रमण अर्थात ( कोभिड–१९ ) ले आम मानिसमा त्रसित पारेको छ । मानिसको दैनिक जिवन लगायत आर्थिक पक्षमा समेत नराम्रो संग प्रभाव पार्न थालेको छ ।
विश्वको अर्थतन्त्रमा नै ठुलो हलचल ल्याउने आकंलन गर्न थालिएको छ । बिभिन्न कामको शिलशिलामा विदेशी मुलुकमा कार्यरत नेपालीमा पनि ठुलो असर पार्न थालेको छ । यस्तै धेरै नेपाली रहेको खाडी मुलुक पनि कोरोना संक्रमणबाट अछुतो रहन सकेका छैनन् ।
आजको जटिल परिस्थितिमा युवराज वस्ताकोटी आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सुझाब दिनु भएको छ :
भारतमा रहेका नेपाली श्रमिकलाई प्रति महिना भा रु दुइ हजार भत्ता ६ महिनासम्म दिएर जहाँ हुनु हुन्छ त्यहिँ रहन अनुराेध गर्नु उत्तम हुन्छ । नेपाल बाेर्डरमा अाइ सकेकालाई अनिवार्य ३० दिन एकल क्वारेन्टाइनमा राख्नु पर्छ ।
साथै , उनीहरुकाे नेपालमा रहेका अाश्रितलाई प्रति व्यक्ति ने रु एक हजार भत्ता ६ महिना सम्मलाई दिन सकिन्छ । जनताकाे जीवन रहे विकास अर्काे वर्ष गर्न सकिन्छ ।
भारतीय सरकारलाई अनुराेध गर्दा सहायत उसले अाँफै पनि साे रकम अनुदान दिन सक्छ हाेला ।
जम्मा ६.५ अरव नेपाली रुपैयाँले १५ लाख मानिसलाई पुग्दाे रहेछ, भन्नुहुन्छ ।










































