- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउनका कारण आर्थिक ब्यवस्थादेखि लिएर जनजीवन संकुचित

May 4, 2020
719
Shares
- ADVERTISEMENT -

एजेन्सी, २२ बैशाख २०७७ । कोरोना भाईरस प्रकोपका कारण विश्वका अधिकांश मुलुकहरु लकडाउनको अवस्थामा छन । आर्थिक ब्यवस्थादेखि लिएर जनजीवन संकुचित हुन पुगेको छ । थुप्रै खाले अप्ठ्याराहरुका बावजुद पनि कोरोनासंग जोगिन सिंगो विश्व समुदाय प्रयासरत छ । तर केही मुलुकहरुमा भने जनजीवन सामान्य अवस्था आईसकेको छ ।

कोरोनाको उद्गमस्थल चीनको बुहानलगायत पुरै देशभर लकडाउन हटेसंगै जनजीवन पुरानै रफ्तारमा देखिएको छ । चीनको सरकारी रिपोर्ट अनुसार मे महिनाको पहिलो र दोस्रो दिन शांघाई शहरमा करिब १० लाख आन्तरिक पर्यटकले भ्रमण गरेका छन । मेको पहिलो दिन ४ लाख ५६ हजार र दोस्रो दिन ६ लाख ३३ हजार आन्तरिक पर्यटकले सांघाई घुमेका हुन ।

- ADVERTISEMENT -

Advertisement

यसअघि दिईएको पाँच दिने सार्वजनिक विदाका बेला ५० लाख भन्दा बढीले यात्रा गरेका थिए । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालय (एमसीटी) का अनुसार घरेलु पर्यटनबाट १।३८ अर्ब डलर राजश्व संकलन भएको छ । कोरोनाका कारण चीनमा ४ हजार ६३३ जनाको मृत्यु भैसकेको छ भने ८२ हजार ८८० जना संक्रमित भएका थिए ।

त्यस्तै ईरानले कोरोनाका कारण बन्द भएका विभिन्न १३२ शहरमा रहेका मस्जिदहरु खुल्ला गर्ने भएको छ । ईरानी राष्ट्रपति हसन रुहानीले कोरोनाको जोखिम कम भएका शहरका मस्जिदहरु खोल्ने घोषणा गरेका हुन । ति मस्जिदहरुमा सामुहिक रुपमा नमाज पढ्न पाईनेछ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि ईरानले फेब्रुअरीको अन्तिम साता कोरोना संक्रमण जोखिमका कारण मस्जिदमा सामुहिक रुपमा नमाज पढ्न रोक लगाएको थियो । यस्तो निर्णय गर्ने ईरान पहिलो ईस्लामिक देश हो । ईरानमा अहिलेसम्म कोरोनाका कारण ६ हजार २०३ जनाको मृत्यु भएको छ भने ९७ हजार ४२४ जना संक्रमित भएका छन ।

पछिल्लो समय कोरोना संक्रमण र मृत्युको दरमा समेत कमी आएको छ । त्यसैगरि आजदेखि भारतको राजधानी दिल्लीका सबै सरकारी कार्यालयहरु खुल्दैछन भने अत्यावश्यक सेवासंग सम्बन्धित कार्यालयहरुमा कर्मचारीको संख्यामा कटौती नहुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com