- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

यूरोपमा नयाँ भाइरस, कोरोनासँग जोडिएको अनुमान

May 2, 2020
495
Shares
- ADVERTISEMENT -

यूरोप, २० बैशाख २०७७ । विश्वको २१० भन्दा बढि देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै कोलाहाल मच्चाइरहेको बेला युरोपमा भने नयाँ भाइरसले त्रास फैलाएको छ । इङ्गल्याण्ड, अमेरीका र फ्रान्स सहित लगभग ६ देशमा एक अनौठो भाइरसले बच्चाहरु माथि आक्रमण गर्न थालेको छ । यूरोप र अमेरिकामा यो नयाँ भाइरसको कारण १०० भन्दा बढि बच्चाहरु संक्रमित भएपछि आईसियूमा नै भर्ना गरिएको छ भने केही बच्चाहरुले यो भाइरसको कारण ज्यान गुमाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।

इङ्गल्याण्ड ले स्विकार्यो नयाँ भाइरसको सत्यता
इङ्गल्याण्ड का स्वास्थ्य सचिव मेट ह्यानकक ले समाचार एजेन्सि रायटर लाई दिएको जानकारी अनुसार, केही बच्चाहरुलाई अनौठो लक्षण देखा परेपछि अस्पताल भर्ना गरिएको छ । बिरामी बच्चाहरुले मुटु पोल्ने लक्षण बताएका छन् । वैज्ञानिकहरुले यो भाइरसको सम्बन्ध कोरोना सँग जोडेका छन् । स्वास्थ्य सचिवले यो भाइरसको कारण केही बच्चाहरुको मुत्यु भएको पनि स्विकार गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

कावासाकी भाइरसँग मिल्दो जुल्दो छ यो भाइस
इङ्गल्याण्ड का वैज्ञानिकहरुले जुन बच्चाहरु अस्पतालमा ल्याइएको छ ति बच्चाहरुमा टक्सिक सक सँगै कावासाकी भाइरस जस्तो लक्षण देखिएको बताएका छन् । यद्यपी यो भाइरस कावासाकी सँग मिल्दो जुल्दो रहेको छ । तर वैज्ञानिकहरु भने यो भाइरसलाई कोरोना भाइरसँगै जोडेर हेरेका छन् । वैज्ञानिकहरुले कोरोना भाइरसले नै बच्चाहरुलाई अलग ढंगले आक्रमण गरीरहेको हुन सक्ने अनुमान लगाएका छन् ।

अमेरिका सहित यूरोपका ६ देशमा देखियो यो भाइरसको संक्रमण
प्राप्त रिपोर्ट अनुसार, अहिलेसम्म यूरोपमा इङ्गल्याण्ड को अलावा फ्रान्स, अमेरिका, इटली, स्पेन र स्विजरल्याण्ड बाट यो नयाँ भाइरसको १०० भन्दा बढि संक्रमित पाइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रि ओलिभर भेरा ले देशका दर्जन बढि बच्चाहरु अनौठो लक्षणसँगै अस्पतालमा भर्ना गरिएको छ । यी सबै बच्चाहरुले मुटु पोल्ने समस्या देखिएको बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो मेडिकल रिपोर्ट अनुसार, कोरोना भाइरसले बच्चाहरुलाई धेरै आक्रमण गरेको पाइएको छैन । केही बच्चाहरु मात्र कोरोना भाइरसबाट ज्यान गुमाएका छन् । विश्वभर नै कोरोना भाइरसका संक्रमित बच्चाहरु कम छन् । यो नयाँ भाइरसलाई लिएर इङ्गल्याण्ड र इटलीका बैज्ञानिकहरुले खोज पनि शुरु गरेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com