Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१४:३८ बिहान
- ADVERTISEMENT -

कोरोनाकाे वैकल्पिक उपचार पद्धतिको बाटो खुल्यो

प्रकाशित मिति: २०७७ वैशाख २०, शनिबार

676
Shares

काठमाडौँ, २० बैशाख २०७७ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न यति बेला नेपालले बन्दाबन्दी (लकडाउन) नीति अपनाएको छ । विश्वमा कोरोना भाइरसको कुनै उपचार पद्धति, खोप र औषधि बनिसकेको छैन् । त्यसैले हरेक मुलुक क्वारेन्टाइन र आइसोलेसनमा बसेर आधुनिक चिकित्साको हल्का उपचार पद्धति अपनाउन बाध्य छ ।

नेपालमा भने हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने गुण रहेका कारण निर्देशिका जारी गरी उपयोग गर्न भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने उपाय निर्देशिकामा उल्लेख छ । ‘‘घरैमा उपलब्ध जडीबुटीजन्य सामग्रीको कसरी प्रयोग गर्न सकिन्छ, क्वारेन्टाइनमा रहेका बेला र घरमा बस्दा आउने निराशापन र डिप्रेसनलाई कसरी कम गर्न सकिन्छ तथा पूर्वीय संस्कृतिको मानक रहेको योग अभ्यास र व्यायामले शरीर कसरी तन्दुरुस्त राख्न सकिन्छ भन्ने कुरा पनि निर्देशिकामा छ,’’ मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले भन्नुभयो ।

निर्देशिकाले कोरोनासहित अन्य भाइरसजन्य सङ्क्रमण लाग्न नदिन मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रबल हुनुपर्नेमा जोड दिएको छ । आयुर्वेद उपचार पद्धतिअन्तर्गत रहेको जडीबुटी तथा होमियोपेथिक उपचारले भाइरस नलाग्दा र लागिसकेको अवस्थामा प्रतिरोध क्षमता बढाउन सघाउने निर्देशिकाले जनाएको छ । त्यो क्षमता रहेमा सङ्क्रमण छिट्टै निको हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्थित आयुर्वेद चिकित्सा विभ(ागको नेतृत्वमा बनेको निर्देशिकाले नेपालको आफ्नो मौलिक उपचार पद्धतिलाई उजागर गरेको आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार कोरोना भाइरसको कुनै खोप र उपचार पद्धति नबनेको अवस्थामा रोग लाग्न नदिनु र शरीरको रोग प्रतिरोधी क्षमता बढाउनु नै पहिलो दायित्व भएकाले यो निर्देशिका ल्याउनु परेको हो ।

कोरोनासहितका विभिन्न भाइरसको सङ्क्रमणमा रुघाखोकी, घाँटी दुख्ने, चिसो लाग्ने, ज्वरो आउने विभिन्न लक्षण हुन्छन् । यी लक्षणको उपचारका लागि भान्सामै रहेको बेसार, अदुवा, मरिच, मह तथा तुलसीलगायतका जडीबुटीको प्रयोग पहिल्यैदेखि भइरहेको छ । यसलाई निर्देशिकाले वैधानिकता दिएको छ ।

“निर्देशिकाको मुख्य उद्देश्य भनेको क्वारेन्टाइनमा बसेको अवस्थामा, लकडाउनमा रहेको अवस्थामा र आइसोलेसनमा बसेका बेला शारीरिक र मानसिक दुवै किसिमको स्वास्थ्यको समस्या रोक्नका लागि घरमा पाइने जडीबुटीको नियमित सेवन गराउने हो”, उपाध्यायले स्पष्ट पार्नुभयो ।
घरभित्रको जडीबुटीसँगै सुठो, मरिच, पिपलाका साथै घर वरिपरि पाइने गुर्जो, असुरो, टिमुरलगायतका जडीबुटी निर्देशिकामा तोकिएका छन् । अहिलेका लागि मात्र नभएर जीवनशैलीका रूपमा जडीबुटीजन्य र आयुर्वेदिक औषधिको प्रयोग गरेमा धेरै रोग लाग्(नबाट बचाउने उपाध्यायले बताउनुभयो । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -