- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतमा २४ घण्टामा कोरोनाका झण्डै दुई हजार संक्रमित

May 1, 2020
460
Shares
- ADVERTISEMENT -

एजेन्सी, १९ बैशाख २०७७ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका झण्डै दुई हजार संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान ८ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतभर १ हजार ९ सय ९३ नयाँ कोरोना संक्रमित पुष्टि फेला परेका छन्।

- ADVERTISEMENT -

Advertisement

यस्तै मन्त्रालयले यही अवधिमा संक्रमणबाट ७३ जनाले ज्यान गुमाएको जनाएको छ। संक्रमणका कारण कुल मृत्यु हुने संख्या १ हजार १ सय ४७ पुगेको छ।

योसँगै भारतमा संक्रमित संख्या ३५ हजार ४३ पुगेको छ।

- ADVERTISEMENT -

Advertisement

ती संक्रमितमध्ये २५ हजार ७ वटा संक्रमण सक्रिय संक्रमण हो भने ८ हजार ८ सय ८८ जना निको भएका छन्। कोरोना भाइरसको रोकथाम र यसलाई थप फैलिन नदिन भारतमा लकडाउन अझै जारी नै छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com