- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काठमाडौंमा कोरोना नभित्रियोस् भन्दै नागढुंगामा बन्यो पहिलो पटक ‘डिस्इन्फेक्सन टनेल’

May 1, 2020
551
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १९ बैशाख २०७७ । काठमाण्डौँको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण गरिएको छ । काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको चन्द्रागिरी नगरपालिकाले जनाएको हो ।

टनेलको सुरक्षा र सञ्चालन महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले गर्ने भएको छ । टनेल निर्माण पश्चात् राजधानी भित्रने सवै सवारी साधन निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन भए पछि मात्र राजधानी प्रवेश गर्न पाउने छन् । काठमाडौं भित्रिने गाडीहरु यही टनेलमार्फत गुड्नुपर्ने छ ।

- ADVERTISEMENT -

Advertisement

भोलि शुक्रबारदेखि सञ्चालनमा आउने यस टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com