- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

थप तीन जनामा कोरोना संक्रमण

April 29, 2020
520
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ बैशाख २०७७ । वीरगञ्जमा बुधबार थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो ।

वीरगञ्ज- २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर- ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -

Advertisement

उनीहरु तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए । आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ ।

नारायणी अस्पतालबाट यसअघि चार जना कोरोना संक्रमित निको भएर फर्किसकेका छन् भने पाँच जना उपचाररत छन् । अहिले थपिएका तीनसहित सो अस्पतालमा आठ बिरामीले उपचार गराइरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com