- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पास बिनाका स्वारीसाधन सञ्चालनमा पूर्णरुपमा नियन्त्रण

April 28, 2020
530
Shares
- ADVERTISEMENT -

काठमाडौं, १६ बैशाख २०७७ । राजधानीसहित देशभर सवारी चेकजाँचलाई कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेपछि त्यसको प्रभाव उपत्यकामा मंगलबार बिहानैदेखि देखिएको छ ।

गृह मन्त्रालयले लकडाउन उलंघन गर्ने क्रम बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालयलाई सोमबार सर्कुलर जारी गर्दै चेकजाँचमा कडाइ गर्ने निर्देशन दिएको थियो । सर्कुलरमा पास बिनाका सवारीसाधन सञ्चालनमा पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिइएको छ ।

- ADVERTISEMENT -

Advertisement

जसअनुसार राजधानीका ठाउँठाउँमा कडारुपले चेकजाँच भइरहेको छ भने राजधानीको सिंहदरबार र भद्रकाली क्षेत्रमा चेकजाँच गरिँदा ट्राफिक जाम नै देखिएको थियो । पछिल्लो समय प्रशासनबाट जारी भएको पासको दुरुपयोग बढ्नुका साथै पासबिना पनि राजधानीमा सवारीसाधन सञ्चालन हुने गरेको बताइन्छ ।

भद्राकाली आसपासमा सयौं सवारीसाधान करबाहीमा पर्नुले पनि त्यसलाई पुष्टि गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार भद्रकाली क्षेत्रमा चेकजाँच गरिँदा केहीबेर जाम भएको थियो । सरकारले गत चैत ११ देखि गरेको लकडाउन आगामी वैशाख २५ गतेसम्म कायम गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com