- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सडकबत्ती चुहावट भयो, फेरि जनताले लापरबाही गर्न थाले : भोला सुबेदी

April 28, 2020
995
Shares
- ADVERTISEMENT -

पोखरा, १६ बैशाख २०७७ । घरपरिवारको जिम्मेवार लिनुपर्नेमा पर्वत पाङ घर भइ हाल पोखरा ८ सिमलचौर बस्ने ३६ वर्षीय भोलानाथ सुवेदी स्वतःस्तफूर्त सडकबत्ती समयमा बालौं र समयमै निभाऔं अभियानलाई निरन्तरता दिदै आउनु भएको छ ।

पोखराको बिभिन्न स्थानमा सडकबत्ती दूरूपयोग हुन थालेका छन । आफ्नो घर अगाडि साझ बालेको बत्ति दिउसोसम्म पनि ननिभाउदा मलाइ दु:ख लाग्ने गर्दछ । आलुमाइलाचोकदेखि सिर्जनाचोकसम्म कोरोना भाइरस आउदा पनि बिहान सधै, पानी आउदा धाम लाग्दा पनि सडकबत्ती दूरूपयोग भएको देख्न सक्दिन |

- ADVERTISEMENT -

Advertisement

सिर्जनाचोकदेखि जाल्पारोडतिर ब्यबसायिक सटर बन्द भएपनि घरभेटी मनिङ वाक सकेर आउछन स्वीच छुन मान्दैनन् ,गुनासो पोखे । अभियान्ता भोला सुबेदी बिगतका कुरा स्मरण गराउदै बि स २०७३ सालदेखि आफ्नो देशको लागि प्रत्येक श्रमदान मध्ये म पोखराको कुनाकूनामा पुग्थे । तर, अहिले मलाइ चिन्ताको बिषय बनेको छ ।

न उनले सरकारी तलब थाप्छन्, न त कुनै संस्थाबाट पारिश्रमिक नै पाउँछन् । तर अभियान्ता भोला सुबेदी दिनहुँ बिहान–दिउँसो पोलमा बल्ने सडकबत्तीको स्वीच अफ गर्न व्यस्त हुन्छन् । पोखरामा गणेशटोलमा दिनभरि बत्ति बलिरहेको छ । महानगरले त कहिल्यै महशुस गरेन तर पनि मैले घरपरिवारभन्दापनि बढी माया लाग्छ, उहा भन्नुहुन्छ ।

- ADVERTISEMENT -

Advertisement

अभियान्ता भोला सुबेदी कतिपय ठाउमा आफै बत्ती निभाउँछन् । ‘सडकबत्ती साँझमा बाल्नुहोस् र बिहान ६ बजे निभाउनुहोस् अर्थात् सडकबत्ती समयमै बालौं, समयमै निभाऔं ।’ भन्नुहुन्छ । हुनत घर अगाडिको बत्ति सबैले निभाउने हो भने बिजुली महशुलदर ५० प्रतिशतले घट्ने उहाको भनाइ छ ।

समाजसेवा गर्दा पनि जनताले तपाईलाई के खाचो भन्छन् । उहा भन्नुहुन्छ, म संग बिधुत प्राधिकरणको परिचय पत्र छैन, यदि हुन्थ्यो भने म सबै पोखरा घुमेर आउथे । टोल बस्तीबस्तिमा गएर जनचेतना जगाएर सडकबत्ती समयमै बालौं, समयमै निभाऔं, अभियान नै चलाउथे ।

हिजोको दिनमा जनतालाई दबाब दिनुपर्थो भने आज बिश्वब्यापी माहामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको निहुमा लापरबाही हुनु दुखको कुरा हो, समाजका सबैले आ-आफ्नो घर अगाडिको बत्ति निभाए राम्रो हुन्थ्यो, उहा भन्नुहुन्छ ।

अरू समयजस्तो दौडिएर जान नपाउदा बिधुतका मिटर रिडिङहरू घर घर गएका छैनन । उनीहरु गए पनि वास्ता गर्दैनन । मिटरका सिल तोडिएका छन । रिडिङ गर्नेहरू चुप लागेर आउछन् ।

लकडाउनको बेला बिधुतको बढी माग छ । लाखौ चुहिएर जादा मन दुख्छ । जनताले बाल्छन । स्वीच फुटेर पनि कतिपय ठाउमा बत्ति निभाउन गाह्रो भएको छ । पानी आएको बेला सुकेको काठले निभाउन बाध्य हुनु परेको छ । न त जागिर हो, न कुनै सस्थाको महिमा जिम्मेबारी नै । बिहान उठेर बाहिर हेर्दा सडकबत्ती बलेको हुन्छ । आशा लाग्छ निभाउछन कि तर कसैले निभाउदैन्न बत्ति चिया पिएर दौडिदै निभाउन पुग्छु ।

अहिले बिधुतको हटलाइन छैन । म चुहावट बिरूद्द लागेको छ जति अर्ब कमाएपनि म दिनदिनै लागिपरेको छ ।

यदि बिधुत आएन भने घरबाहिर हेर्नूहोला । टोल जहासम्म देख्नुहुन्छ त्यहापनि आएको छैन भने नजिकको बिधुत बितरण केन्द्रमा फोन गरौ । लामो समय बिधुत आएन भने समस्या आएको हुनसक्छ ।

तपाइँ नेपाल अधिराज्यमा सडकबत्ती दुरूपयोग हुन नदिऔ , सबैले सदुपयोग गरौ । माथिल्लो तामाकोसी नबनेसम्म म सडकबत्ती दुरूप्रयोगको लागि पर्नेछु उहा भन्नुहुन्छ ।

कतिले पोखराका घर छोडेर जाने पनि उहाहरुले स्विचमाथि राखेकोले निभाउन सकेका छैनन । कसैले देशमा प्रशस्त बिधुत छ सडक बत्ति ननिभाय पनि के नै हुन्छ भन्छन तर, मेरो मन मान्दैन । यति नै मेरो माग हो, सडकबत्ती समयमा बालौ र समयमा निभाऔ, दुरूप्रयोग नगरौ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com