- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउन थप कडाई गर्न गृह मन्त्रालयको निर्देशन

April 27, 2020
563
Shares
- ADVERTISEMENT -

काठमाडौं, १५ बैशाख २०७७ । गृह मन्त्रालयले लकडाउनलाई थप कडाई गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

उपत्यकाकाबाट दैनिक हजारौं भिडभाड गरेर गाडीमा बाहिरिन थालेपछि गृहले सोमबार यस्तो निर्देशन दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासबिना कुनै पनि सवारी साधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ ।

स्थानीय तह तथा सांसदहरुले गाडी रिजर्भ गरेर सर्वसाधरण ओसारिरहेका छन् । उपत्यकाबाट दैनिक करिब १० हजार बाहिरिएको प्रहरी स्रोत बताउँछ । पास बिनाकै गाडीमा सर्वसाधरण ओसारिने गरिएको छ । प्रहरीले पनि यसमा लचकता अपनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

भिडभाड गरेर सर्वसाधरण बाहिर जाने क्रमले संक्रमणको जोखिम बढाएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यस्तै, बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्दारका लागि केही दिन सवारी साधनलाई साँझको समयमा अनौपचारिक रूपमा केही खुकुलो गराइएको र आजसम्म अधिकांशको उद्दार भइसकेकोले सवारी साधन सञ्चालनमा कडाइ गरेको मन्त्रालयको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com