- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन : युवा नेता प्रदीप पौडेल

April 24, 2020
897
Shares
- ADVERTISEMENT -

काठमाडौं, १२ बैशाख २०७७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी समेत नभएको उल्लेख गर्दै आज शुक्रबार सामाजिक सञ्जाल फेसकुबमार्फत उनले ओलीलाई प्रधानमन्त्री भएर अब कुर्सीमा बस्ने कुनै नैतिकता नरहेको उल्लेख गरे ।

- ADVERTISEMENT -

Advertisement

सरकारले चौतर्फी विरोध भएपछि विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णयभने गरिसकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

‘बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्री ज्यु (सांसद अपहरण अर्ने मानवताविरोधी अपराध किन गर्नुभयो ? तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्, प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजिनामा दिनुस्।’ पौडेलले लेखेका छन् |

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com