Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:१९ दिउँसो
- ADVERTISEMENT -

संचारकर्मीलाई राहत प्याकेजको व्यवस्था गर्न युनियनको माग

प्रकाशित मिति: २०७७ वैशाख १२, शुक्रबार

938
Shares

काठमाडौं, १२ बैशाख २०७७ । लोकतान्त्रिक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले जारी लकडाउन र कोरोना भाइरसको संक्रमणको महामारीले निम्त्याएको संकटमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।

लकडाउनका कारण नेपाली सञ्चारक्षेत्रमा गम्भीर समस्या सिर्जना भएको, संचारकर्मीहरुलाई समयमै तलब उपलब्ध नगराइदा समस्या भएकाले राहत प्याकेजको माग गरिएको हो ।

शुक्रबार युनियनका अध्यक्ष बद्री सिग्देलले एक विज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने, बेतलवी बिदामा बस्न निर्देशन दिने गरेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै त्यसप्रति गम्भीर भइदिन माग गरेका हुन ।

नागरिकलाई हरपल सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग विज्ञप्तिमार्फत नै माग गरिएको छ ।

यस्तो संकटको अवस्थामा समयमा सञ्चारकर्मीहरुलाई तलब उपलब्ध नगराउँदा दैनिक गुजारा चलाउन कठिनाई हुनु र जागिरबाट हात धुनुपर्ने अवस्था सिर्जना हुनु सञ्चारक्षेत्रका लागि निकै दुखद पक्ष रहेको प्रेस युनियनको ठहर छ ।

‘सञ्चार प्रतिष्ठानहरुले नै यसरी पत्रकारहरुलाई जागिरबाट निकाल्ने हो भने, लम्बिदै गएको लकडाउनका कारण भोली अन्य उद्योगहरुले श्रमिकलाई कामबाट निकालेका समाचार सञ्चारमाध्यमहरुले सम्प्रेषण गर्ने नैतिकता कहाँ रहला ?’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, मोफसल र दुरदराजमा रहेर सूचना प्रवाह गरिरहेका स्वरोजगारमूलक पत्रपत्रिका, एफएम रेडियो, अनलाइनमा होइन शहर बजारबाट संचालिन साना ठूला संचारगृहमा लकडाउनका कारण समस्यामा परेकाले यस विषयमा पनि सरकार गम्भिर बन्नुपर्ने माग युनियनले राखेको छ ।

समस्यामा रहेका संचारकर्मी र संचारगृहहरुलाई युनियनले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रतिष्ठान समितिहरुलाई सम्पर्क गर्न आग्रह गर्दैै सक्दो सहयोग गर्ने समेत जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -