- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोभिड १९ विरुद्ध मानव जातिले निकै लामो लडाइँ : विश्व स्वास्थ्य संगठन

April 23, 2020
928
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ११ बैशाख २०७७ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी कोभिड १९ विरुद्ध मानव जातिले निकै लामो लडाइँ लड्नुपर्ने चेतावनी दिएको छ ।

कतिपय मुलुकहरु अझै पनि कोरोना संक्रमण रोमथामको प्रारम्भिक चरणमै रहेको भन्दै संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले केही मुलुकले यसमाथि नियन्त्रण कायम गरेको दाबी गरे पनि पुनः संक्रमण देखिएको बताए ।

अफ्रिका र अमेरिकामा संक्रमण उकालो लागिरहेको पनि उनले प्रस्ट पारे । संगठनको नियमित पत्रकार सम्मेलनमा उनले कतिपय मुलुकले आफू र संगठनको आलोचना गरिरहे पनि सदस्य मुलुकहरुलाई तयारी गर्न र योजना बनाउन सहयोग पुगोस भनेर बेलैमा विश्वव्यापी घोषणा गरेको उनले बताए ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा महानिर्देशक घेब्रेयेसुसले भने, ‘गल्ती नगर्नुहोला, हामीले अझै लामो यात्रा गर्न बाँकी छ । यो भाइरस लामो समयसम्म हामीसँग रहेनछ ।’उनीसँग रिसाएको अमेरिकाले राजीनामा मागे पनि आफूले काम गरिरहने उनले प्रस्ट पारेका छन् । बरु उनले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहायता रोक्ने निर्णय फिर्ता लिन अमेरिकालाई आग्रह गरे । संगठनले चीनको पक्ष लिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उसलाई दिने आर्थिक सहायता रोक्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा महानिर्देशक घेब्रेयेसुसले भने, ‘गल्ती नगर्नुहोला, हामीले अझै लामो यात्रा गर्न बाँकी छ । यो भाइरस लामो समयसम्म हामीसँग रहेनछ ।’

अधिकांश पश्चिम युरोपेली मुलुकमा संक्रमण स्थिर अथवा घट्दो दरमा रहेको पनि उनले जानकारी दिए । ‘संख्या कम भए पनि अफ्रिका तथा मध्य र दक्षिण अमेरिका अनि पूर्वी युरोपमा उँभो लागिरहेको छ,’ उनले भने ।

यो सामग्री तयार गर्दासम्म संसारका २६ लाख २४ हजार ६७६ जनालाई कोरोना संक्रमण भइसकेको छ । १ लाख ८२ हजार ९०७ जनाको ज्यान लिएको यो रोगलाई जित्नेको संख्या ७ लाख ८ हजार १६० पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -