काठमाडौं, ९ बैशाख २०७७ । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
आज मंगलबार उदपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो ।
यस अघि कुल ३१ जनामा संक्रमण रहेको अजा ११ जनाको थप पुष्टि भएसँगै कुल संख्या ४२ पुगेको हो । यसमा उदपुरका मात्र २३ जनामा संक्रमण देखिएको छ ।
केन्द्रिय प्रयोगशालमा उदयपुरबाट ल्याइएको २६० जनाका स्वाब मध्ये आज साँझसम्म २४० जनाको परीक्षण गर्दा तीन जानमा पोजेटिभ देखिएको र २० जनाको स्वाब परीक्षण भईरहेका स्वास्थ तथा जनसंख्या मान्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
उदयपुरको भुल्केस्थित मस्जिदमा भारतबाट आएका १२ भारतीय नागरिकमा बैशाख ५ गते संक्रमण पुष्टि भएको र त्यको भोलिपल्ट सो मस्जिदमा रहेका एक नेपालीको संक्रमण पुष्टि भएर १३ जना पुगे थियो ।
सो क्षेत्रमा एकै पटक धेरै संक्रमित पाइए पछि शनिवार कोशी अस्पतालबाट गएको चिकित्सा टोलीले ६९ जनाका स्वाब संकलन गरी परीक्षण गर्दा आठ जनामा संक्रम पाइएको थियो ।
साथै, ती आठ जनाको संक्रमण पुन पुष्टि गर्न सो नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पुन परीक्षण गर्दा संक्रमण भएको पुन पुष्टि भएको थियो ।
यसै गरी उदपुरको सो मस्जिद क्षेत्रबाट नेपाली सेनाले शनिवार र आइबार स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याएको थियो ।