- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उदयपुरमा थप आठ जनामा कोरोना पोजेटिभ

April 21, 2020
543
Shares
- ADVERTISEMENT -

काठमाडौं, ९ बैशाख २०७७ । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।

विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो। बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनाको रिपोर्ट विराटनगरमा शंकास्पद देखिएपछि स्वाबलाई थप पुष्टिका लागि धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।

- ADVERTISEMENT -

Advertisement

थप आशंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर त्यसको नतिजा आउन बाँकी छ ।

केही दिन अगाडि उदयपुरको भुल्के मस्दिजमा रहेका १२ भारतीय र १ नेपाली गरी १३ जनामा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रका बासिन्दाको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर ल्याइएको थियो । उनीहरुलाई विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको छ। सबैको स्वास्थ्य अवस्था सामान्य छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com