- ADVERTISEMENT -
- ADVERTISEMENT -

नोबेल कोराना विरुद्ध बिरामीको सेवामा अमेरिकाका नेपाली डाक्टर

April 21, 2020
993
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिका, ९ बैशाख २०७७ । नोबेल कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ, अमेरिका । यतिबेला स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मिहरुको अवस्था ज्यादै जटील छ । अमेरिकामा स्वास्थ्य क्षेत्रमा काम गर्ने नेपाली स्वास्थ्यकर्मिहरु पनि अधिक रहेका छन् । कोरानाको बिरामीको उपचारमा उनिहरु दिनरात खटिएका छन् । अघिल्लो पटक हामीले अमेरिका तथा क्यानडाका अस्पतालमा कार्यरत नेपाली नर्सहरुको दैनिकी बारेमा चर्चा गरेका थियौ । यसपटक हामीले अमेरिकाको अस्पतालमा कार्यरत नेपाली डाक्टरहरुको दैनिकीलाई समेटने कोसिश गरेका छौ । यी डाक्टरहरु जो कोरोनाका बिरामीसंग नजिक रहदै उनिहरुको उपचारमा खटिएका छ्न । आम अमेरिकामा कार्यरत नेपाली डाक्टरको प्रतिनिधित्व गदै यी डाक्टरहरुको दैनिक के कस्तो छ भन्ने बारेमा गरिएको कुराकानी :

नदेखिएकाे आगाे माथी टेकेर हिडनु परेकाे छ

डा केशव पौडेल, कोरोनाका बिरामीको उपचारमा संलग्न चिकित्सक, न्युमेक्सिको

अहिले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै स्वास्थ्यकर्मिहरुको अवस्था ज्यादै त्रासदीपुर्ण छ । नदेखिएको आगो माथि टेकेर हिडनु परिरहेको छ । कतिबेला त्यो आगोले पोल्छ थाहा हुदैन ।

डा केशव पौडेल, कोरोनाका बिरामीको उपचारमा संलग्न चिकित्सक, न्युमेक्सिको

घरका परिवारलाई हाम्रै कारण डर छ । फेरी आफुलाई पनि त्यतिकै डर छ । हामी अहिले आगोको भुग्रो माथि टेकेर हिडीरहेको अवस्था छ । अस्पतालमा पिपिई पनि पर्याप्त छैन । त्यसैलाई पुनः प्रयोग गर्नु परेको छ । यसले पनि आत्मबल बढाएको छैन । अहिले दैनिकी निकै व्यस्त भएको छ । विकेन्डमा पनि अस्पतालमै बिरामी हेरिरहनु परेको छ । अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दुई तिहाई त कोरोनाका बिरामी आइरहेका छन् । कोरोनाका बिरामी दिनानुदिन बढीरहेका छन् । मलाई लाग्दैछ अब एक दुई सातामा अस्पतालमा कोरोनाको बिरामी मात्रै हुनेछन् । हाम्रो जिम्मेवारी अझै बढनेछ ।

न्युुमेक्सिको क्षेत्रमा पनि कोरोना बिरामी बढेका छन् । अस्पतालमा जोखिम छदैछ , घरमा फर्किदा पनि बिचार गरेर फर्किनु पर्ने अवस्था छ ।
घरमा खाना खादा पनि बेग्लै खाने र बस्ने पनि अहिले बेग्लै हो । अस्पतालमा पनि हात मिलाउने र अरुसंग कुरा गर्दा टाढैबाट गरिन्छ । धेरै सर्तकता अपनाउनुपर्ने अवस्था छ । बिरामीसंग मात्रै नजिक भएर उपचारमा खटिनुपर्छ । अस्पतालमा आउने अधिकांश अहिले कोरानाकै बिरामी छन् । उनिहरुको हेरचाह बढी गर्नुपर्छ । अहिलेको अवस्था केही जटील छ र पनि हामी बिरामीको सेवामा खटिरहेका छौ । फ्रन्ट लाइनमा काम गर्नेहरु बढी जोखिममा छन् यतिबेला ।

बिरामी, परिवार, समाज र स्वंय आफुलाई बचाउनेतर्फ हाम्रो ध्यान केन्द्रित

डा संन्डिप पाण्डे, कोरोनाका बिरामीको उपचारमा सलग्न चिकित्सक, टेक्सस

अहिले हाम्रो ध्यान बिरामी, परिवार, समाज र स्वयं आफुलाई कसरी बचाउने भन्नेमा केन्द्रित रहेको छ । मुख्यतः हाम्रो पहिलो कर्तव्य बिरामीलाई बचाउनु नै हो । अहिले अवस्था पहिला भन्दा केही जटील छ ।

डा संन्डिप पाण्डे, कोरोनाका बिरामीको उपचारमा सलग्न चिकित्सक, टेक्सस

कोरोनाका बिरामीहरु बढीरहेकाले उनिहरुलाई कसरी बचाउने भन्नेमा पनि लाग्नु परेको छ । अहिले म कार्यरत अस्पतालमा कोरोनाका ६ देखि ७ जना बिरामी नियमित जसो हेरिरहेको हुन्छु । ड्यालसको प्रेसबेटेरियन अस्पतालमा अहिले कोरोनाका बिरामी बढ्दो क्रममा छन् । बिहानै उठेर अस्पतालमा पुग्नुपर्ने हुन्छ । हुन त डाक्टरी पेशा प्राय सधै नै व्यस्त हो । तर यतिबेलाको व्यस्तता अहिले भिन्न छ ।

अहिले कोरोनाको अवस्था जटील पनि छ । अहिले हामीलाई बिरामीबाट संक्रमण हुने हो कि भन्ने उच्च जोखिमको अवस्था छ । आफनो लवाई खुवाईमा पनि सचेत अपनाउनु जरुरी छ । घरमा पुगेपछि लगाउने कपडा बिहानै छुटै तयार गरेर जानुपर्छ । परिवारसंग नजिक हुने अवस्था छैन । पा“च वर्षकी छोरी छुटै सुतेकी छिन् । काखे बाबु र मेरो श्रीमति अर्को कोठामा सुत्छन् र म अर्को कोठामा । मलाई हल्का रुघा लागेकोले हाम्रो पारिवारिक दुरी बढेको हो ।

अस्पतालमा दिनहु कोरोनाको बिरामी हेर्ने भएकाले पनि परिवारलाई जोखिम हुन सक्छ, यही भएर मैले दुरी कायम गरेको हो । रुखा खोकी ज्वरो आयो भन्दै दिनहु फोन आउछ , उनिहरुलाई पनि दिनहु परामर्श दिनुपर्छ । अहिले व्यस्त दैनिकी संग बिरामीको सेवामा लागीरहदा दैनिकी जटील अवस्थाबाट गुज्रिरहेको छ । तर पनि हामी बिरामीलाई पहिलो प्राथमिकता दिएर उपचारमा लागीरहेका छौ ।

कोविड–१९ ले चिकित्सकहरुको दैनिक पुरै परिवर्तन भएको छ

डा प्रकाश श्रेष्ठ सरुवा रोग विशेषज्ञ , लवक टेक्सस

अहिले कोविड–१९ को महामारी संगै हामी चिकित्सकहरुको दैनिक पुरै परिवर्तन भएको छ । व्यस्ता संगै दैनिक रुटिन नै फेरिएको छ । पहिला अस्पतालको काम सकेर सरासर घर आएर बालबच्चालाई अंकमाल गर्ने हुन्थयो । अहिले अस्पतालबाट फर्किएपछि घरपरिवारलाई छोइन्छ की भनेर ख्याल गरेर आउनुपर्ने अवस्था छ । त्यस्तै अस्पतालमा छिर्दा पनि सुरुमा ज्वरो नापेर मात्रै प्रवेश दिइन्छ ।

खास गरी म संक्रमीत रोगसंग सम्बन्धीत रहेकाले पनि व्यस्तता अहिले बढदो छ । लवकमा रहेको एन्टीमाइक्रो बाइल स्टेवार्डसिप एन्ड इन्फेक्सन अस्पतालको मेडिकल डाइरेक्टर पनि हो । यसैको यहा“ ६ वटा शाखाहरु छ । यसैले बिरामसंगै अस्पतालको प्रशासंन पनि सबै हेर्नुपर्छ ।

डा प्रकाश श्रेष्ठ सरुवा रोग विशेषज्ञ , लवक टेक्सस

अहिले कोविड–१९ का कारण अस्पतालमा अरु सामान्य बिरामी कम गरेका छौ । अहिले सबै ध्यान कोरोनाभाइरसकै बिरामीमा केन्द्रित रहेको छ ।

यसका साथै बिरामीलाई कसरी बचाउने र आफु कसरी बच्ने भन्ने बारेमा पनि सर्तक हुनुपर्ने अवस्था छ । घरपरिवार र समाजलाई बचाउने कुरा त छदैछ । कोरोनाको महामारी बढदै गएको अवस्थामा अस्पतालमा कोरोनाका बिरामी भर्ना हुने क्रम पनि उस्तै छ । फ्रन्ट लाइनमा हामी डाक्टर मात्र हैन सबै स्वास्थ्यकर्मिलाई अहिले निकै मुस्किल छ । कसलाई कतिबेला के हुन्छ भन्न सकिने अवस्था छैन ।

मलाई एउटा कुराले निकै दुख लाग्छ नेपालमा पछिल्लो क्रममा चिकित्सकलाई दुव्र्यहार गरिएको छ । सरकारले पनि सम्मान गरेको पाइदैन । ज्यानको बाजी लगाएर बिरामीको सेवामा खटिने डाक्टरलाई यस्तो गरिनु राम्रो हैन । तर अमेरिकामा ठिक उल्टो छ । यहा“ चिकित्सकलाई ताली पिटछन् । अहिले झन घरमा आएर परिवार तथा बालबच्चालाई समस्या परेमा हामी छौ भनेर ढाडस दिन आउछन् । चिकित्सकलाई हरेक प्रकारको सहयोग यहा“ सरकार तथा समाजबाट छ ।

धेरै जाेखिमका बिरामीकाे सामना गर्नुपर्छ

डा रामु खरेल, इर्मजेन्सी सेवामा कार्यरत चिकित्सक, एटलान्टा

म इर्मजेन्सीमा कार्यरत रहेकोले धेरै जोखिम अवस्थाका बिरामीसंग फेस गरिरहनुपर्छ । अहिले झन कोविड–१९ का बिरामीहरु आइरहेका छन् । अमेरिकाको ठुलो मध्येको ग्रेडी अस्पतालमा म कार्यरत रहेको छु । कोरोनाका बिरामी बढी भएकाले अन्य बिरामीहरु राख्ने ठाउ“ अहिले अस्पतालमा छैन । मानिसक तनाव त यतिकै छदैछ । अस्पतालमा बिरामीको उपचारमा खटिदा पनि धेरै कुराको ख्यान गर्नुपर्ने हुन्छ । कतै रोग सर्छ कि भन्ने चिन्ता छदैछ भने अर्कोतिर बिरामीलाई कसरी बचाउने भन्ने झन ठुलो चुनौती रहेको छ । धेरै भेन्टीलेन्टरमा रोखेका बिरामीहरु हेर्नुपर्छ । इर्मजेन्सीमा काम गर्न अहिले खतरा छ । यहा“ आउदा सम्म कतिपयको रोग अज्ञात रहेको हुन्छ । कतिलाई बचाउन सकिन्छ त कतिलाई मुस्किल हुन्छ ।

डा रामु खरेल, इर्मजेन्सी सेवामा कार्यरत चिकित्सक, एटलान्टा

अस्ति मात्र एक जना मैलै हेरेको कोबिडको बिरामी अन्दाजी ७० वर्षका कोसिस गर्दा गदै पनि बिते । इर्मजेन्सी भनेको बिरामीको अन्तिम स्टेज जस्तै हो । कपितयलाई निको बनाउन पनि सकिन्छ । अहिले म दिनहु कोविडका बिरामी इर्मजेन्सीमा हेरिरहेको छु । धेरै जसो निको भएर पनि गएका छन् । इर्मजेन्सीमा काम गर्न अहिले मात्र हैन अरुबेला पनि जोखिम नै छ । अहिले झन बेग्लै परिस्थिति छ । अहिले हाम्रो अस्प्तालमा परीक्षण गर्दा झण्डै २५० जति कोरोना पोजेटिभ भएका बिरामी भेटिएको छ ।

म बिरामी हेरचाह बाहेकको समय केही लेखहरु पनि लेखिरहन्छु । नेपालका अनलाइन मिडियाहरुमा प्रकाशित पनि भएका छन् । मेरो परिवार टेक्ससको हयुस्टनमा हुनुहुन्छ । म अहिले कामको सिलसिलामा एटलान्टामा छु । समय अहिले कोरोनाका बिरामीको हेरचाह र उपचारमै बितेको छ । यु एस पोस्ट को साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -