काठमाण्डौँ, ८ बैशाख २०७७ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रि केपी शर्मा ओलीसँग सरकार चलाउने वैधता नहरेको बताएका छन् ।
नेता गग!थापाले कोरोना भाइरसँग लडिरहेकको यो संकटको घडीमा पार्टी फुटाउने अध्यादेश ल्याएर सरकार चलाउने वैधानिकता रहेपनि वैधता भने नरहेको दावी गरेका हुन् ।
सामाजिक सञ्जाल ट्विटर मार्फत थापाले प्रधानमन्त्रिले कोरोना संकट अवस्थामा अध्यादेश ल्याउनु संविधान विपरित भएको ठहर गरेका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘@PM_Nepal महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईँको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ।संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै।संकटको यो घडीमा तपाईँको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईँसँग रहला,वैधता भने अब रहँदैन।’