- ADVERTISEMENT -
- ADVERTISEMENT -

सचिवालय बैठक : अध्यादेश जारी नै भइसकेकोले थप छलफल गर्नुको औचित्य नरहने

April 20, 2020
535
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ८ बैशाख २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सरकारको सिफारिशमा राष्ट्रपतिबाट दुई अध्यादेश जारी भइसकेको अवस्थामा थप छलफल गर्नुको औचित्य नरहेको निश्कर्षसहित पार्टलाई एकतावद्ध रुपमा अघि बढाउने निर्णय गरेको छ ।

अध्यादेश जारी गर्ने निर्णय भएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले पार्टी एकतालाई मजवुत गर्ने र सरकारलाई सफल बनाउने निश्कर्षसहित अघि बढने निर्णय गरेको हो ।

सरकारले आज संबैधानिक परिषद र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । दुवै अध्यादेशलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले जारी गरिसक्नु भएको छ ।

नेकपाका सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश जारी गर्नुपर्ने आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको थियो । ‘अध्यादेश जारी नै भइसकेकोले थप छलफल गर्नुको औचित्य रहेन भन्ने निश्कर्षसहित बैठक सकिएको छ, सवै नेताहरुले आफ्नो आफ्नो सुझाव राख्नुभएको छ, यस्को महत्वलाई केन्द्रबिन्दुमा राखेर सवै कमरेडहरुले आफ्नो धारणा राख्नुभएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यादेशका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ अध्यादेश र कोरोना रोकथामका लागि भईरहेको प्रयासका बारेमा जानकारी गराउनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -