काठमाडौं, ७ बैशाख २०७७ । नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारको अपरिपक्वता, असक्षमता र जनस्वास्थ्यमाथिको खेलवाडलाई उदाङ्गो पारेको बताउनु भएको छ ।
नोबेल कोरोना भाइरसको महामारीको समयमा पिपिइ सेट लगाएको बेला आएको फोन नउठाएकै कारण डा शेरबहादुर पुन कारबाहीमा परे पश्चात उक्त कुरा आफ्नो सामाजिक संजालमा युवा नेता प्रदीप पौडेल लेख्नु हुन्छ :
पिपिइ सेट लगाएको बेला आएको फोन नउठाएकै कारण डा शेरबहादुर पुन कारबाहीमा पर्नुभएको छ । भाइरोलोजीमा पिएचडी गरेका योग्य डाक्टरलाई कारबाही गर्ने र कोभिड-19 को बारे प्रधानमन्त्रीले अन्टसन्ट बोल्ने घटनाले सरकारको अपरिपक्वता, असक्षमता र जनस्वास्थ्यमाथिको खेलवाडलाई उदाङ्गो पारेको छ ।










































