- ADVERTISEMENT -
- ADVERTISEMENT -

टेकुमा उपचाररत एक युवती कोरोना जितेर घर फर्किइन

April 18, 2020
879
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ६ बैशाख २०७७ । कोराना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत एक युवती कोरोना जितेर घर फर्किएकी छिन् ।

उनी कोरोना पुष्टि भएपछि चैत १० गतेदेखि टेकुमा उपचाररत थिइन् ।

उनलाई शनिबार टेकु अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फ्रान्सबाट आएकी ती १९ वर्षीय युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेपनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।

यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये २ जना निको भएर घर फर्किएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -