- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३० पुग्यो

April 17, 2020
769
Shares
- ADVERTISEMENT -

काठमाडौं, ५ बैशाख २०७७ । उदयपुरमा कोरोना भाइरसबाट १२ जना संक्रमित भएका छन् । चितवनमा दुईजनामा कोरोना संक्रमण भएको पाइएको छ । उदयपुरका १२ जनामा एकैसाथ कोरोना भाइरसका। संक्रमण भएको हो । कोशी अस्पतालमा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पाइएको हो ।

उदयपुरमा संक्रमण हुनेहरु अधिकांश भारतीय नागरिक छन् । उनीहरु त्रियुगाको मस्जिदमा बसेका थिए । भुल्केको मस्जिदमा बसेका भारतीयको मंगलबार स्वाब संकलन गरिएको थियो । कोशी अस्पतालमा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै चितवनमा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । भरतपुरमा पोटेटिभ देखिएपछि स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो । उनीहरुको काठमाडौंमा पनि कोरोना संक्रमण भएको पाइएको स्रोतले जनाएको छ । चितवनमा संक्रमित आमा छोरा हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने उदयपुर र चितवनको रिपोर्ट आफूसम्म आइनपुगेको बताएका छन् । चितवन र उदयपुरका कोरोना संक्रमितसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com