Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५७:५७ दिउँसो
- ADVERTISEMENT -

पेप्सीकोको सनसिटी अपार्टमेन्टमा बस्नेहरुको कोरोना परीक्षण सुरु

प्रकाशित मिति: २०७७ वैशाख ३, बुधबार

617
Shares

काठमाण्डौँ, ३ वैशाख २०७७ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट बस्ने २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि त्यहाँ बस्ने सबैको परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो ।

सनसिटी अपार्टमेन्टमा बस्ने एउटै परिवारका ८१ वर्षीया आमा र ५८ वर्षीया छोरामा संक्रमण पुष्टि भएपछि संक्रमण फैलन सकेको हुन सक्ने भन्दै परिक्षण शुरु गरीएको हो । स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको छ । चार जनाको समुहले र्यापिट टेस्ट गरीरहेका छन ।

बुहारीमा भने अहिले कोरोना पोजेटिभ नदेखिएको र कोरोना परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

आइतबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा त्यस परिवारको तीनै जनामा कोरोना संक्रमण देखिएपछि उपचारका लागि पाटन अस्पताल लगिएको थियो । उनीहरुलाई पाटन अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ ।

उनीहरू तीनैजना २८ दिनअघि बेलायतबाट नेपाल आएका थिए । उनीहरूमा कोरोना पोजेटिभ देखिएसँगै प्रहरीले सो क्षेत्रलाई सील गरेको छ । उक्त अपार्टमेन्टमा ५ सय परिवारका करिब १ हजार छ सय जना बस्दै आएका छन् ।

मन्त्रालयले ती तीनजनासँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ पनि शुरु गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -