काठमाडौँ, २ वैशाख २०७७ । सरकारले १८ बैशाखसम्म नेपालका सबै सीमा नाका बन्द गर्ने निर्णय लिएको छ ।
आज मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ गतेसम्म उत्तर र दक्षिणका सबै सीमा बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो ।
साथै, बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय पनि गरेको छ ।