Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:५८ दिउँसो
- ADVERTISEMENT -

भारतमा लकडाउनको अवधि बैशाख २१ गतेसम्म

प्रकाशित मिति: २०७७ वैशाख २, मंगलबार

658
Shares

काठमाडौं, २ बैशाख २०७७ । भारतमा लकडाउनको अवधि बैशाख २१ गतेसम्मका लागि थपिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई मंगलबार सम्बोधनको क्रममा लकडाउनको म्याद मई ३ अर्थात वैशाख २१ गतेसम्म १९ दिनको लागि थपिएको बताउनुभएको छ ।

राज्यमा कोरोनाभाइरस संक्रमणको अवस्थाको मूल्याङ्कन गरी २० अप्रिलदेखि केही खुकुलो गर्ने प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा बताउनुभयो । उहाँले खुकुलो सशर्त हुने प्रष्ट्याउनुभयो । कोरोनाभाइरसको संक्रमण देखा परे उक्त ढिलाइमा बन्देज लगाइने बताउनुभयो ।

प्रधानमन्त्री मोदीले राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्दा पनि लकडाउन लम्ब्याउने सुझाब आएको थियो । महाराष्ट्र, राजस्थानसहितका चार राज्यले यसअघि नै लकडाउनको म्याद थप गरिसकेको छ । महाराष्ट्रपछिको सबैभन्दा बढी प्रभावित दिल्ली, उत्तरप्रदेश, बिहारसहितको राज्य भने केन्द्रीय सरकारको निर्णय पर्खेको थियो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले भारतमा संक्रमित नभेटिएको अवस्थामा समेत विमानस्थलमा स्क्रिनिङ्ग तथा आइसोलेशन गरिदा पनि संक्रमण बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भारतसँगै संक्रमण फैलिएको राष्ट्रहरुको अवस्था अत्यन्तै चिन्ताजनक रहेको भन्नुहुँदै लकडाउनले भारतमा अवस्था नियन्त्रणमा रहेको दाबी गर्नुभयो ।

भारतमा कोरोनाभाइर संक्रमणको बढ्दो जोखिमका बीच मार्च २५ देखि तीन साताको लागि लकडाउनको घोषणा गरिएको थियो । करिब २५ मिनेटको सम्बोधनको क्रममा उहाँले लकडाउनको बेला कुनै श्रमिक वा कामदारलाई कामबाट नहटाउन, घरका वृद्धको विशेष हेरचाह गर्न, गरीब, विपन्न समुदायलाई सहयोग गर्न देशबासीलाई आग्रह गर्नुभयो ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या करिब दश हजार पुगेको छ । भाइरसबाट संक्रमित मृतकको संख्या ३२० पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -