- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रहरीद्धारा सनसिटी अपार्टमेन्ट सिल

April 14, 2020
634
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, २ बैशाख २०७६ । काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा प्रहरीले सिल गरेको छ ।

पाँचवटा टावर रहेको अपार्टमेण्टमा एउटा टावरमा कम्तिमा सयवटा परिवार बस्ने फ्ल्याट छन् । तर हाल कति परिवार बसिरहेका छन् भन्ने एकिन छैन । अपार्टमेण्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान गरीएको छ । कतिपय परिवार लकडाउनका कारण अन्यत्र गएको हुन सक्ने बताईएको छ ।

- ADVERTISEMENT -

Advertisement

अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान पुर्णरुपमा निषेध गरेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार अपार्टमेन्टको १५औँ तलामा बस्दै आएका आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनीहरुलाई थप उपचारको लागी नियन्त्रणमा लिएर पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

पाटनको आइसोलेसनमा भर्ना भएका उनीहरुको थ्रोट स्वाब लिएर थप परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com