- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

घरभित्रै बसेर जो बाइडेन अलास्कामा पनि विजयी

April 13, 2020
789
Shares
- ADVERTISEMENT -

अमेरिका, १ बैशाख २०७६ । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न अलास्का राज्यमा भएको मतदानमा जो बाइडेन विजयी भएका छन् । कोरोनाभाइरस महामारीको कारण हुलाकमार्फत गरिएको मतदानको नतिजा शनिबार अबेर राति घोषणा गरिएको थियो ।

गत हप्ता बाइडेनका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सले प्रतिस्पर्धा त्याग्ने घोषणा गर्नुअघि नै उक्त मतदान भएको थियो । यसका कारण स्यान्डर्सको पक्षमा पनि मतदान भएको एएफपीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

मतपरिणाम अनुसार बाइडेनले ५५।३ प्रतिशत तथा स्यान्डर्सले ४४।७ प्रतिशत मत प्राप्त गरेका छन् । यसबाट बाइडेनले राज्यको कूल प्रतिनिधि (डेलिगेट) १५ मध्ये ९ जना तथा स्यान्डर्सले ६ जना प्रतिनिधि प्राप्त गरेका डेमोक्र्याटिक पार्टीले जनाएको छ ।

ज्ञात रहोस्, कोरोनाभाइरस महामारीका कारण धेरै अमेरिकीहरू जस्तै बाइडेन पनि यतिबेला घरभित्रै बसेका छन् ।

- ADVERTISEMENT -

Advertisement

घरबाटै प्रेस विज्ञप्ति जारी गर्दै बाइडेनले स्यान्डर्सका समर्थकहरूलाई आफ्नो अभियानमा सामेल हुन आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com