- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सभापति शेर बहादुर देउवाद्वारा नयाँ वर्षको शुभकामना

April 12, 2020
600
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३० चैत २०७६ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्णमा नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ । आज एक बिज्ञप्ति जारी गर्दै सभापति देउवाले नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिनु भएको छ ।

नेपाली कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसंभव सघाइरहेको बताउनु भयो । साथै, युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएको छ तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

साथै, यति बेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरस (कोभिड-१९ ) बाट आक्रान्त रहेको छ । २०७६ सालको अन्तिम दिनसम्म विश्वका करीब १८ लाख व्यक्ति संक्रमित र एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको यो दुःखदायी घटना विश्वले व्यहोर्नु प¥यो । कोरोनाका कारण विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पोजिटिभ देखिएको घटना हाम्रो सामु विद्यमान रहेको स्मरण गर्नु भयो ।

विश्वव्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमण विरुद्ध सबै जना एकजुट भएर लड्न आवश्यक छ । लकडाउनको पालना गर्न र समदुरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम र एकताका साथ कार्य गर्न र गराउन म सबैमा आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

नयाँ वर्ष २०७७ संसारकै लागि अभिशापको रुपमा रहेको कोराना भाइरस माथि विजय पाउन सफल हुनेछ भन्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com