- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुरक्षाकर्मीहरुको तलब कट्टी नगर्न कांग्रेसको माग

April 12, 2020
726
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कपिलवस्तु, ३० चैत २०७६ । कोरोना भाइरसको संक्रमण रोक्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुको तलब कट्टी गरी सरकारी राहत कोषमा जम्मा गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेस कपिलवस्तुले आपत्ति जनाएको छ । कपिलवस्तु कांग्रेसका सभापति सुरेन्द्रराज आचार्यले एक वक्तव्य जारी गर्दै सुरक्षाकर्मीहरुको तलब कट्टी गर्ने निर्णय सरकारले तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

सरकारले स्वास्थ्यकर्मीहरुलाई दिएको जस्तै थप प्रोत्साहन भत्ता कोरोना भाइरस फैलन नदिन फिल्डमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि प्रदान गर्न जिल्ला सभापति आचार्यले सरकारसंग माग गरेका छन् ।

कोरोना भाइरस संक्रमण हुन सक्ने उच्च जोखिम मोेलेर नै सीमा क्षेत्रमा होस वा क्वारेन्टिनमा होस् या विभिन्न गस्तीमा होस्, सुरक्षाकर्मी परिचालन भएकै छन् । यसरी परिचालन भएका सुरक्षाकर्मीहरुप्रति उच्च सम्मान दिन र उनीहरुको मनोवल बढाउन पनि उनीहरुलाई अतिरिक्त भत्ताको व्यवस्था गरिनु पर्ने जिल्ला सभापति आचार्यले बताएका छन् ।

सरकारी राहत कोषमा रकम जम्मा गर्ने अन्य उपायहरु अपनाई सुरक्षाकर्मीको तलब कट्टी गर्ने निर्णय सच्याउन माग गर्दै सभापति आचार्यले नेपाली कांग्रेसका सवै सांसदहरुले यो विषयमा संवेदनशील भई अघि बढ्न आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -