- ADVERTISEMENT -
- ADVERTISEMENT -

लकडाउन चाँडै हटाउनु घातक : डब्लुएचओ

April 11, 2020
825
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बिबिसी, जेनेभा, २९ चैत २०७६ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लकडाउन सहितका प्रतिबन्धह चाँडै हटाउदा संक्रमणको पुनरावृत्ति हुने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले नियमित पत्रकार सम्मेलनका क्रममा लकडाउनसहितका प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा प्रत्येक देश सचेत हुनुपर्ने बताएका हुन् ।

प्रतिबन्धले आर्थिक समस्या ल्याए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उनको भनाइ छ । डब्लुएचओले विश्वका सरकारहरुसँग जारी प्रतिबन्धहरु फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको छ ।

महानिर्देशक टेड्रोसले पछिल्ला दिनमा युरोपमा महामारी केही कम भएको देखिएको बताए । स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी छ । त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै डब्लुएचओले सचेत गराएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -