- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु

April 11, 2020
919
Shares
- ADVERTISEMENT -

वासिङ्टन डिसी, २९ चैत २०७६ । अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।

दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन् ।

- ADVERTISEMENT -

Advertisement

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइने छ । त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक (आठ डोज) दिइने छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका थिए । ट्रम्पले भने, “क्लोरोक्विनको भण्डारण अब अमेरिकामा तीन करोड पिल्स पुग्नेछ ।”

- ADVERTISEMENT -

Advertisement

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारको नजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com