यदुराम सापकोटा
यतीबेला कोरोना रोगको महामारीले बिश्वभरी मानबजातीलाई आक्रान्त पारेको छ । बिश्वका सबैभन्दा शक्तिशाली देशहरुलाई समेत निराश पारिरहेको यो महामारीले नेपाल र बिश्वभरी रहेको नेपाली समुदायलाई समेत नराम्रो सँग प्रभाव पारेको छ ।
यस महामारी कहिलेसम्म लम्बिने हो,अन्त्य हुन्छ या हुदैन कसैले पनि भन्न सक्ने अवस्था छैन । घरदेशमाभन्दा पनि परदेशमा रहेका ६०/७० लाखको हाराहारीमा रहेका नेपाली यतीबेला प्रभावित छन् । परदेशमा रहेका १५०० बढी नेपाली संक्रमित भएको युरोप /अमेरिका लगायतका मुलुकमा केही नेपालीहरुको मृत्यु भैसकेको र केही नेपाली सिकिस्त रहेको खबर हरुले नेपाली समुदायलाई त्रसित बनाईरहेको छ ।
आफ्नो देश फर्किन चाहदा चाहदै पनि उता देश डराईरहेको अवस्था छ । परदेशबाट रेमिट्यान्स ल्याएर आउलान भनेका आफ्ना नागरीकहरुले कोरोना रोग लिएर आउने हुन की भन्ने डर राज्यलाई हुनु स्वभाविक हो, किनकी कोरोनाको संक्रमण नेपालीहरु कमाउन गएका प्रमुख गन्तब्यहरुमा सबैभन्दा बढी छ र अहिले नेपालमा कोरोना संक्रिमित भनिएका ९ जना पनि बिदेशबाटै फर्किएकाहरु भन्ने तथ्य सार्बजनिक भएको छ ।
आजको अवस्थामा राज्य डराउनु पनि स्वभाविक हो, र हामी बिदेशबाट फर्कन चाहनेहरु पनि सचेत रहनु अपरिहार्य छ । कर्मभुमीमा महामारी द्रुत गतीमा फैलिरहदा जन्मभुमी फर्कन चाहानु ,आफ्नो देशले स्वागत गरोस् भन्ने चाहानु पनि स्वभाविक हो । यस्तो परिस्थितीमा अब बिदेशबाट नेपाल फर्कन चाहीरहेका,जागिर छाडेर बसेका, जागिर गुमेका हरुको हकमा गुहार कसलाई माग्ने भनेर कसैले प्रश्न गर्दै गर्दा उत्तर गैरआवासिय नेपाली संघ (एनआरएनए ) नै हो ।
गैर आवासिय नेपाली संघ अर्थात एनआरएनए ले नेपाल र नेपाली लाई जबजब संकट पर्छ त्यतीबेला सहयोग गर्दै पनि नआएको हैन र यतीबेला पनि एनआरएनए को केन्द्रिय समिती, रास्ट्रिय समन्वय समितीहरु, क्षेत्रिय समितीहरु मार्फत राहत कोष उठाउन सुरु भइ सकेको अवस्था पनि छ । बेला बेलामा गाली र आरोपहरु पनि झाल्दै आएको एनआरएनएले यतीबेला परदेशमा रहेको नेपालीहरुको ताली पाउने अवसर पनि छ ।परदेशबाट घर फर्कन चाहाने नेपालीहरुलाई एनआरएनएले ब्यबस्थापन गर्ने जिम्मा लिन पहल गर्न सक्छ र त्यसको लागि मेरा केही सुझाबहरु एनआरएनए लाई दिन चाहान्छु!
-सर्वप्रथम एनआरएनएले संस्थागत रुपमा नै नेपाल सरकारसँग ,सरकारले तोकेको स्थान र तोकेको समय सम्म क्वारेन्टाईनमा बस्ने गरी परदेशमा पनि स्वास्थ्य परिक्षण गर्ने र नेपाल फर्केपछी पनि अनिबार्य स्वास्थ्य परिक्षण गर्ने सर्तमा पदेशीएका नेपालीलाई राज्यलाई स्वागत गर्न तयार बनाउने,अर्थात एनआरएनए ले जिम्मा लिने गरी नेपाल सरकार सँग सम्झौता गर्ने ।
-बिश्वभरी रहेका नेपालीहरु जो कोरोना प्रभावित देशहरुबाट नेपाल जान चाहान्छन । तिनीहरुको तुरुन्त राष्टिय समन्वय समिती मार्फत नामावली तयार गर्ने ।
-आफ्नै खर्चले जान चाहेका र नेपाल गएपछी आफ्नै खर्चमा सरकारले तोकेको समय र स्थानमा क्वारेन्टाईनमा बस्न सक्ने र स्वास्थ्य परिक्षणमा अनिबार्य सहभागी हुने हरुको डाटा संकलन गर्ने र राष्टीय समन्वय समितीहरु मार्फत लाग्ने खर्च जम्मा गर्ने ।
-कोरोना प्रभावित देशहरुमा रहेका देश फर्कन चाहेकाहरु, त्रसित रहेकाहरु जो खर्च अभावमा छन उनिहरुको छुट्टै डाटा कलेक्सन गर्ने र अनुमानित खर्च एनआरएनएको राहत कोषबाट पनि छुट्याउने,खर्च अपुग हुन्छ भने नेपाल सरकारको राहत कोषबाट पनि एनआरएनएले तत्कालको लागि ऋण लिने ।
-फर्कन चाहेका देशहरुबाट तुरुन्त सकेसम्म नेपाल कै एअरलाएन्सहरु र असंभब रहेका देशहरुबाट सोही देशकै एअरलायन्स कम्पनीहरुबाट जहाज चाटर्ड गरी परदेशमा रहेका र देश फर्कन चाहेका हरुलाई नेपाल पुराउन सहयोग गर्ने, बिकसित देशहरुबाट चाटर्ड गरिएका र स्वास्थ्य सामाग्री पर्याप्त रहेका देशहरुबाट स्वास्थ्य सामाग्री र परिक्षण मेशिनहरु पनि लैजाने,बिदेशमा अध्ययन गरिरहेका,बिदेशमा पनि चिकित्सक पेशमा संलग्न नेपालीहरुलाई पनि सँगै नेपाल लैजाने ।
-बर्तमानमा जुन देशहरुमा नेपालीहरु संक्रमित छन डाटा संकलन गरी उपचार पाईरहेका छैनन या खर्च अभावमा रहेका छन् भने उनीहरुलाई सहयोग गर्ने ।
कुनै कुनै देशहरुमा नेपालीहरु मृत्यु पनि भइसकेको अवस्था छ र कोरोना सँग त्रसित हुदाँ अन्त्यस्टीको लागि कठिनाई भैरहेको हुन सक्छ त्यस्तो अवस्थामा परिवार र चिकित्सकको सल्लाह लिएर सम्बन्धित देशहरुमा सुरक्षित तरिकाबाट अन्त्यस्टीको लागि सहयोग गर्ने ।
-जुन देशमा रहेका छौ, सबै सतर्क बनौ, त्रसित नबनौ, सबै संघसंस्थाहरुले एकआपसमा सहयोगी भावना निर्वाह गरौ । एनआरएनएले पनि सबै संघसंस्था र राज्यसँग समन्वय गर्दै सकेको सहयोग गर्न अति आवस्यक रहेको छ ।
सहयोग र राहत उठाउने मात्रै भन्दा पनि उठाईने राहतबाट त्रसित, संक्रमितहरुको ब्यबस्थापनमा पहल गरोस् ।
यदुराम सापकोटा
जापान
२९ चैत २०७६ ।