काठमाडौँ, २७ चैत २०७६ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद गगन थापाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबभत्ता बढाउन माग गर्नु भएको छ ।
सांसद थापाले उहाहरुको मनोबल बढ्नेगरी तलब भत्ता बढाउन माग गर्नु भएको हो । त्यसका लागि सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरुको तलब कटौती गर्न सकिने सुझाव समेत उहाले दिनुभयो ।
आज नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद गगन थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नुहुन्छ :
महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतकाे तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं ।