Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०८:२४ दिउँसो
- ADVERTISEMENT -

चिकित्साकर्मीका लागि सामाग्रीको अभाव हुन्न, कोभिड-१९ परीक्षण दोब्बर हुन्छ : मन्त्री ढकाल

प्रकाशित मिति: २०७६ चैत २७, बिहीबार

513
Shares

काठमाडौँ, २७ चैत २०७६ । स्वास्थ्य तथा जनसंख्या मन्ती भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता दोहोर्याउनु भएको छ । आज मन्त्रालयमा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदको संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरस (कोभिड १९) को उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताउनुभयो ।

आवश्यक स्वास्थ्य सामग्रीहरू अस्पतालमा पुगेको भन्दै कतिपय सामाग्रीहरू निरन्तर पुर्याइने बताउनुभयो । सुदुरपश्चिम प्रदेशको संवेदनशीलतालाइ सरकारले बुझेको भन्दै उहाँले कोभिड १९ को नमुना परीक्षणको काम दोब्बर बनाउनका लागि बुधबारमात्रै हेलिकप्टर मार्फत पिसिआर मेसिन धनगढी पठाइएको जानकारी दिनुभयो । मन्त्री ढकालले नागरिकको तर्फबाट समेत सकारात्मक सहयोगको निम्ति भूमिका निर्वाह गरिदिन सांसदत्रयलाई अनुरोध गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाममा भैरहेको काम थप प्रभावकारी बनाउने विषयमा आफ्नो भनाइ राख्दै बझाङ्गका प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंह, बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले नागरिकहरू अहिले पनि सीमावारपार गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

उहाँहरूले अहिले सरकारले गरेको प्रयास प्रशंसनीय रहेको र शंकित सम्भावितहरूको नमुना परीक्षणको दर बनाउनुपर्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -