Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२२:४७ दिउँसो
- ADVERTISEMENT -

अवैतनिक दूतको सुविधा खोसियो

प्रकाशित मिति: २०७६ चैत २७, बिहीबार

737
Shares

काठमाडौं, २७ चैत २०७६ । अवैतनिक दूतले पटकपटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको घटना लगातार बढ्न थालेपछि सरकारले उपलब्ध गराउँदै आएको सबै कूटनीतिक सुविधा (निलो प्लेट, सिंहदरबार प्रवेश पास, झण्डाको प्रयोग, एअरपोर्टको भीआईपी कक्षलगायत) खोसेको छ ।

कूटनीतिक सुविधा दुरुपयोग गर्दै अवैतनिक दूतहरु विभिन्न गैरकानुनी क्रियाकलापमा सक्रिय हुन थालेपछि सरकारले उनीहरुको सुविधा खोसेको हो ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी औपचारिक कार्यक्रमका लागि मात्र उपलब्ध गराउँदै आएको सुविधा अन्य समयमा पनि प्रयोग गर्न थालेपछि अवैतनिक दूतको सुविधा बुधबार फिर्ता लिने निर्णय गरेको जनाएको छ ।

विज्ञप्तिमा अब उनीहरुलाई कुनै पनि प्रकारको सुविधा परराष्ट्र मन्त्रालयले उपलब्ध नगराउने उल्लेख गरिएको छ । मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि यस्ता सुविधा नदिने जनाएको छ । पछिल्लो पटक ज्वरो नाप्ने यन्त्रको अभाव भइरहेका बेला त्यसमा कालोबजारी गर्ने किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाललाई कारबाही अघि बढाएपछि सरकारले यस्तो निर्णय लिएको हो ।

व्यापारिक घरना अझ एकै परिवारका सदस्य मिलेर विभिन्न मुलुकको अवैतनिक दूत हत्याउने र त्यसबाट उपलब्ध निलो प्लेटको दुरुपयोग गर्ने घटना यो पहिलो भने होइन । यस्ता पद विभिन्न माध्यमबाट उपलब्ध गरेकाहरु पटक–पटक विवादमा आउने गरेका छन् । मुलुकका ठूला व्यापारिक घरानाका व्यक्तिले नै यसरी अवैतनिक दूतको पद लिने र कूटनीतिज्ञ सरहको सुविधा उपभोग गर्ने गरेका थिए ।


नेपालमा ५२ मुलुकको अवैतनिक दूत रहेका छन् । जुन मुलुकको यहाँ दूतावास छैन त्यो मुलुकले नेपालसँगको सम्पर्कका लागि अवैतनिक दूत नियुक्त गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -