- ADVERTISEMENT -
- ADVERTISEMENT -

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

April 9, 2020
671
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रियाद, २७ चैत २०७६ । साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।

पश्चिमा सैन्य शक्तिले समर्थन गरिरहेको सो गठबन्धन हुथीविद्रोहीविरुद्ध सन् २०१५ को मार्च महिनादेखि युद्ध लडिरहेको छ।
हुुथी विद्रोहीले भने युद्धविरामका बारेमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

गत महिना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले यमनमा लडिरहेका पक्षहरूलाई युद्धविराम गरेर कोरोना भाइरसको सम्भावित प्रकोपसँग जुध्नका लागि कदम चाल्न आग्रह गरेका थिए ।

उनले देशका सबै युद्धरत पक्षलाई देशव्यापी रुपमा युद्ध मत्थर बनाउँदै लैजानका लागि आफ्ना विशेष दूत मार्टिन ग्रिफिथ्ससँग काम गर्न समेत आह्वान गरेका थिए ।

ग्रिफिथ्सले युद्धविराम घोषणाको स्वागत गरेका छन् । उनले भने, ‘सबै पक्षले यो अवसरको उपयोग गर्नुपर्छ र युद्ध अविलम्ब रोक्नुपर्छ।’

युद्धविरामबारे छलफल गर्न दुवै पक्षले भिडिओ कन्फेरेन्समा भाग लिने विश्वास गरिएको छ । सो छलफलमा हवाइ, जमिन र जल सबैतिर युद्ध रोक्ने विषयमा प्रस्ताव गरिनेछ ।

साउदी नेतृत्वको गठबन्धनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यमनका लागि संयुक्त राष्ट्रसंघका दूतले यमनी जनताको पीडा कम गर्नका लागि गरिरहेका प्रयासलाई सफल पार्न र कोरोना भाइरसको महामारीसँग जुझ्न र यसको रोकथामका लागि गठबन्धनले दुई साताका लागि बृहत् युद्धविरामको घोषणा गरेको छ।’

यमनको अवस्थालाई लामो समयदेखि विश्वकै खराब मानवीय संकटका रुपमा ब्याख्या गरिदै आएको छ । यमन युद्धका क्रममा हजारौंको मृत्यु भसकेको छ भने एक करोडभन्दा बढी खाद्यसहित चरम संकटमा रहेका छन् ।

संयुक्त राष्ट्रसंघले विगतमा पनि वार्ताको मध्यस्थता गरेको थियो । तर गठबन्धनले देशव्यापी युद्धविरामको घोषणा गरेको यो पहिलोपटक हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -