- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना सुरु भएको चीनको वुहान शहरमा लकडाउन हट्यो

April 8, 2020
626
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एजेन्सी, २६ चैत २०७६ । कोरोनाको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबेइ प्रान्तको वुहान शहरमा लगाइएको लकडाउन हटाइएको छ । अनलाइनमार्फत स्वास्थ्य जाँच गर्नेहरुको संख्याका आधारमा वुहानमा लकडाउन हटाइएको बताइएको छ ।

स्मार्टफोनमार्फत व्यापक रुपमा प्रयोग हुने स्वास्थ्य सम्बन्धि एपमा हरियो कोर्ड देखिएकाले गत जनवरी २३ यता वुहान शहरबाट अन्यत्र आवतजावत गर्न खुला गरिएको हो ।

लकडाउन हटाएसँगै सार्वजनिक यातायात सहज रुपमा संचालनमा आएका छन् । सार्वजनिक यातायात प्रयोग गर्ने हरेक नागरिकको स्वास्थ्य अवस्थाको जानकारी संकलन गर्न क्यूआर कोर्ड प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या न्यून हुँदै गएपछि वुहान शहरको लकडाउन हटाइएको चिनियाँ सञ्चारमध्यमहरुले जनाएका छन् ।

एक करोड १० लाख मानिस रहेको वुहानमा लकडाउनसँगै व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाइएको थियो ।

गत महिना वुहानमा एक सातासम्म कोरोनाका नयाँ संक्रमित नभेटिएपछि दैनिक उपभोग्य वस्तु किनमेलका लागि पसलहरु खुला गरिएको थियो ।

संक्रमित नभएका शहरका मानिसलाई दुई घण्टाका लागि घर बाहिर जान दिइएको थियो ।

यता राजधानी बेइजिमा भने ३१ जना नयाँ संक्रमित देखिएपछि थप कडाइ गरिएको छ । अन्य शहरमा लगाइएको लकडाउन भने जारी नै रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -