Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:३७ दिउँसो
- ADVERTISEMENT -

नेपालमा चीनबाट चाँडै स्वास्थ्य सामग्री आउँदै छ : राजदूत यान्छी

प्रकाशित मिति: २०७६ चैत २५, मंगलबार

609
Shares

काठमाडौँ, २५ चैत २०७६ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले चाँडै नेपाललाई मेडिकल सामग्री र उपकरण पठाउने बताएकी छन् ।

चीन र विश्वका अन्य देशमा महामारी फैलिएपछि नेपाल सरकारले अपनाएका उपायको उनले उच्च प्रशंसा गरेकी छन् । राजदूत यान्छीले नेपाल, दक्षिण एसियासहित विश्वका एक सय २० देशलाई चीनले सहयोग गरिरहेको उल्लेख गरेकी छन् ।

चिनियाँ राजदूत यान्छीले नेपाली सञ्चारमाध्यमलाई पठाएको प्रश्नोत्तरसहितको वक्तव्यमा चीनलाई गाह्रो परेका वेला नेपालले महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गरेकी छन् । ‘चीनले पनि नेपाललाई सहयोग पु¥याउन कोसिस गरिरहेको छ । हाम्रो दूतावासले हालै नेपालका सम्बन्धित मन्त्रालयहरूसँग कागजात आदानप्रदान गरेको छ, भिडियोमा कुराकानी गरेको छ । महामारी रोकथाम र नियन्त्रण, क्लिनिकल उपचार, भन्सार क्वारेन्टाइनसम्बन्धी जानकारी र अनुभव हामीले सुनाएका छौँ,’ उनले भनेकी छन् ।

चीन सरकारले नेपाललाई भौतिक सहयोग गर्ने समेत उनले आश्वासन दिएकी छन् । ‘चीनको केन्द्र सरकारले नेपाललाई भौतिक सहयोग प्रदान गर्नेछ । यसका लागि दुवै पक्ष सम्पर्कमा छन् । चीनका केही स्थानीय सरकार र नागरिक समाजहरूले सक्रिय रूपमा नेपाललाई आवश्यक पर्ने सामग्री जुटाउन कार्य गरेका छन्,’ उनले भनेकी छन्, ‘अहिलेको सबैभन्दा गाह्रो विषय यातायात हो । चिनियाँ दूतावासले भन्सार निकासी र यातायातको सहजता सुनिश्चित गर्न सबै पक्षसँग थप समन्वय गर्नेछ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -