Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२३:०३ दिउँसो
- ADVERTISEMENT -

आमसञ्चारमाध्यमलाई विश्वसनीय, वस्तुनिष्ठ, सन्तुलित, मर्यादित एवं सत्यतथ्यपूर्ण सूचना तथा समाचार–सामग्री सम्प्रेषण गर्न आग्रह : काउन्सिल

प्रकाशित मिति: २०७६ चैत २३, आइतबार

867
Shares

काठमाण्डौँ, २१ चैत २०७६ । प्रेस काउन्सिल नेपालले नोबेल कोरोना भाइरस (कोभिड १९ ) संक्रमणको आजको अत्यन्तै कष्टकर अवस्थामा नेपाली पत्रकार र आमसञ्चारमाध्यमले खेलेको भूमिकाको उच्च प्रशंसा ब्यक्त गरेको छ । आज आइतबारका दिन प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले नोबेल कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनपछि नेपाली आमसञ्चारमाध्यमले खप्नुपरेको चरम पीडाको समीक्षा गर्दै सम्पूर्ण पत्रकार र आमसञ्चारमाध्यमलाई विश्वसनीय, वस्तुनिष्ठ, सन्तुलित, मर्यादित एवं सत्यतथ्यपूर्ण सूचना तथा समाचार–सामग्री सम्प्रेषण गर्न एक बिज्ञप्ति जारी गर्दै अपील गरेको छ ।

प्रेस काउन्सिल बैठकका निर्णय

१) नोबेल कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण र रोकथामका लागि राज्य नै बन्दी (लकडाउन) को अवस्थामा रहेको संकट एवं जोखिमपूर्ण स्थितिमा अहोरात्र खटिएर चेतनामूलक सूचना सामग्री सम्प्रेषणमा देशैभरका सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको काउन्सिल परिवार उच्च प्रशंसा गर्दछ । अग्रभागमा रहेर खट्ने सञ्चारकर्मी, जटिल अवस्थामा पनि मिडिया सञ्चालन गरी सत्य–तथ्य प्रवाह गर्ने सम्पादक, सञ्चालक लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, आगामी दिनमा समेत सुरक्षित रहेर पत्रकार आचारसंहिता पालना गरी कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतनामूलक सामग्री प्रवाह गर्न सम्पूर्ण पत्रकार र सञ्चारकर्मीलाई अपील गरेको छ ।

२) प्रेस काउन्सिल ऐन, २०४८ को दफा ७ (क) र (ग) मा पत्रकारिताको विकासका लागि सरकारलाई सुझाव दिने काम, कर्तव्य र अधिकार रहेको सन्दर्भमा वर्तमान संकटपूर्ण अवस्थामा देहायनुसार सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय गरेको छ :

(क) कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सबै प्रकारका सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन÷प्रसारण गर्न स्वास्थ्य मन्त्रालय, संघ÷प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था हुनुपर्ने, सोको निम्ति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समन्वय गरिदिने ।

(ख) संकटपूर्ण अवस्थाका सञ्चारमाध्यमको लागि विद्युत, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था गर्नुपर्ने ।

(ग) लकडाउन अवधिमा सार्वजनिक आवतजावत बन्द हुनुका साथै वितरण गर्ने, सम्पादन, व्यवस्थापन समूह एक ठाउँमा जुट्न नसक्ने, छापाखानामा प्राविधिकहरू नआउने अवस्था हुँदा प्रकाशन अवरुद्ध पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी र वर्गीकरणका लागि यस अवधिमा अङ्क नपुगे पनि भुक्तानी र वर्गीकरणको नीतिगत निर्णय हुनुपर्ने ।

(घ) कोरोना संक्रमण नियन्त्रणको लागि प्रभावकारी रुपमा लोककल्याणकारी विज्ञापनका नमूना बनाई आमसञ्चारमाध्यममा प्रचार÷प्रसारको व्यवस्था मिलाउनुपर्ने ।

(ङ) नेपालको अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रबाट समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीका निम्ति स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री अविलम्ब उपलब्ध गराइनुपर्ने ।

३ नेपालको संविधान एवं प्रेससम्बन्धी अन्य कानूनमा समेत प्रेस स्वतन्त्रताको निर्वाध प्रयोगको सुनिश्चितता भएको पृष्ठभूमिमा हालै काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता÷सेवा प्रदायकबाट नै अनलाइन सञ्चारमाध्यममा प्रवेश गरी कन्टेन्टसमेत हटाइएउपर काउन्सिलको ध्यानाकर्षण हुनुका साथै उक्त कार्य स्वतन्त्र प्रेसको मूल मर्म र भावना विपरीत भएको हुँदा सोकोे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र आइन्दा यस प्रवृत्तिका प्रेस स्वतन्त्रताविरोधी हस्तक्षेप कहीँकतैबाट हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित सबैमा आग्रह गर्ने निर्णय गरिएको छ ।

४ नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष खातामा काउन्सिलका अध्यक्षज्यूको ७ दिनको तलब जम्मा गर्नुको साथै अधिकृत कर्मचारीको ५ दिनको तलब र सहायकस्तर कर्मचारी सबैको ३ दिनको तलब बराबरको रकम जम्मा गर्ने गरी दिने निर्णय गरिएको छ ।

दीपक खनाल

सह–प्रशासकीय अधिकृत

(सूचना अधिकारी)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -