- ADVERTISEMENT -

देउवाद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग कोरोनाबारे टेलिफोन वार्ता

April 5, 2020
853
Shares
- ADVERTISEMENT -

काठमाडौं, २३ चैत २०७६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिबारे छलफल गरेका छन् । उनले टेलिफोन गरी छलफल गरेका हुन् ।

सभापति देउवाले आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराई र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरेका सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

टेलिफोन छलफलमा देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर भएर लाग्न अपिल गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द, पुस्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें । आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु ।’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -