Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२२:३२ दिउँसो
- ADVERTISEMENT -

कोरोना भाइरसबाट बच्न सरकारले उपयुक्त स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेमा जोड

प्रकाशित मिति: २०७६ चैत २३, आइतबार

554
Shares

काठमाडौँ, २३ चैत २०७६ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसबाट बच्न सरकारले उपयुक्त स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत शाहले फैलिदैं गएको कोरोना संक्रमणको त्रासका कारण जनमानसमा अन्योल एवं भयको अवस्था सृजना भएको बताउदै परीक्षणलाई तिब्र बनाउन सुझाव दिएका छन् ।

उनले अन्य देशको स्थिती हेर्दा अहिले नै ढुक्क हुने अवस्था नरहेकोले थप सुरक्षा अपनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘फैलिदैं गएको कोरोना संक्रमणको त्रासका कारण जनमानसमा अन्योल एवं भयको अवस्था महसुस गर्न सकिन्छ । यस अवस्थालाई सहज बनाउन सरकारले उपयुक्त स्वास्थ्य सुरक्षा अपनाउनुका साथै परीक्षणलाई तिब्र बनाउनु जरुरी हुन्छ । अन्य देशको स्थिती हेर्दा अहिले नै ढुक्क हुने अवस्था नआइसकेको प्रतित हुन्छ ।’

फैलिदैं गएको कोरोना संक्रमणको त्रासका कारण जनमानसमा अन्योल एवं भयको अवस्था महसुस गर्न सकिन्छ । यस अवस्थालाई सहज बनाउन सरकारले उपयुक्त स्वास्थ्य सुरक्षा अपनाउनुका साथै परीक्षणलाई तिब्र बनाउनु जरुरी हुन्छ । अन्य देशको स्थिती हेर्दा अहिले नै ढुक्क हुने अवस्था नआइसकेको प्रतित हुन्छ ।

शाहले यसअघि हिजो शुक्रवार मात्र पनि सरकारको ध्यान गरीब, निमुखा नागरिकप्रति नपुगेको टिप्पणी गरेका थिए ।

यस्तो शैलीको शासनले नकारात्मकता मात्र पैदा गर्नेतर्फ सचेत गराउँदै ट्वीटरमा उनले लेखेका थिए, ‘देश संकटमा परेका बेला आम नागरिकको दैनिक जीवनलाई सहज बनाउनु सरकारको प्रथम दायित्व हो । गरिव, निमुखा नागरिकमा सरकारको ध्यान पुगेको देखिएको छैन । यसले नकारात्मकता पैदा गर्ने संभावनालाई जीवित राख्दछ जुन सर्वथा हितमा हुँदैन । प्राथमिकताका आधारमा शासन पद्धति कायम हुनु अनिवार्य हुन्छ ।’

देश संकटमा परेका बेला आम नागरिकको दैनिक जीवनलाई सहज बनाउनु सरकारको प्रथम दायित्व हो । गरिव, निमुखा नागरिकमा सरकारको ध्यान पुगेको देखिएको छैन । यसले नकारात्मकता पैदा गर्ने संभावनालाई जीवित राख्दछ जुन सर्वथा हितमा हुँदैन । प्राथमिकताका आधारमा शासन पद्धति कायम हुनु अनिवार्य हुन्छ।

त्यस्तै, शाहले तीनदिनअघि पनि ट्विट गर्दे कुनै पनि बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य भएको औल्याएका छन् । उनले कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेको बताउदै त्यस्ता सामानले स्वास्थ्यकर्मी र नागरिकमा नकारात्मक प्रभाव पार्ने तर्क ब्यक्त गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘कोरोनाविरूद्ध लड्न चीनबाट सामान किनेका धेरै मुलुकले ती सामान त्रुटिपूर्ण भेटिएको भन्दै फिर्ता गरेको अवस्थामा सरकारले भित्र्याएको त्यस्ता सामानले स्वास्थ्यकर्मी र नागरिकमा नकारात्मक प्रभाव पर्नुभन्दा पहिले नै सावधान हुनु जरुरी छ । कुनै बहानामा राज्यकोषको दोहन निन्दनीय कार्य हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -