Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:०९ दिउँसो
- ADVERTISEMENT -

कोरोना भाइरसविरुद्ध १४ जनामा गरिएको भ्याक्सिन परीक्षण सफल

प्रकाशित मिति: २०७६ चैत २२, शनिबार

691
Shares

एजेन्सी, २२ चैत २०७६ । कोरोना भाइरसबाट समस्यामा परेको चीनले १७ मार्चमा कोरोना भाइरसविरुद्ध बनाएको भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरेको थियो । चीनले पहिलो पटक मानिसमा परीक्षण गरेको थियो । अब भने परीक्षणको सफल रिजल्ट आउन सुरु भएको छ ।

चीनले क्लिनिकल ट्रायलका लागि १ सय ८ जना व्यक्तिलाई चुनेको थियो । उनीहरु कोरोना भाइरसविरुद्धको अभियानमा भोलिन्टियरको रुपमा परीक्षणमा आएका थिए । ती व्यक्ति मध्ये १४ जनामा भ्याक्सिन परीक्षणको अवधि सकिएको छ । उनीहरु आआफ्नो घर गएका छन् ।

चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको परीक्षण चीनको वुहान सहरमा गरेका थिए । परीक्षणपछि १४ जना पूर्णरुपमा ठिक छन् । उनीहरुलाई अहिले पनि मेडिकल निगरानी राखिएको छ ।

यो भ्याक्सिनलाई चीनका सबैभन्दा सिनियर साइन्टिस चेन वी र उनको टोलीले बनाएको थियो । परीक्षणमा संलग्न १ सय ८ जनामा १८ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिहरु रहेका थिए ।

१ सय ८ जनालाई तीन समूहमा विभाजन गरिएको थियो । तीन समूहका व्यक्तिलाई फरक फरक भ्याक्सिनको मात्रा दिइएको थियो । उनीहरुलाई वुहान स्पेशन सर्भिस हेल्थ सेन्टरको क्वारेन्टाइनमा परीक्षण गरिएको डेलीमेलले जनाएको छ ।

यी सबै व्यक्तिलाई अलग अलग दिनमा भ्याक्सिन दिइएको थियो । यी सबैजना क्वारेन्टाइनको समय पुरा हुने समयसम्म त्यही बस्नु परेको छ । १४ जना बाहेकका व्यक्ति अहिले पनि त्यहीँ रहेका छन् ।

ती १४ जनालाई भने घर पठाइएको छ । अब उनीहरुलाई असर देखिन्छ कि भनेर केही महिनासम्म मेडिकल निगरानीमा राखिनेछ । उनीहरुको हरेक दिन मेडिकल टेष्ट गरिएको छ ।

चिनियाँ वैज्ञानिकहरुले ती व्यक्तिमा कोरोना भाइरसविरुद्ध लड्ने पूर्ण क्षमताको बिकास भएपछि यो भ्याक्सिनलाई बजारमा पठाउने तयारी गरेका छन् । अहिले उनीहरुको शरीरमा एन्टिबडीको अवस्था हेरिएको छ ।

चिनियाँ वैज्ञानिकहरुले आफूहरुको पहिलो परीक्षण सफल भएको जनाएका छन् । उनीहरुले यसको शतप्रतिशत रिजल्ट आउँदासाथ अन्तर्राष्ट्रिय क्षेत्रमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन पठाउने जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -