- ADVERTISEMENT -

काठमाडौं महानगरपालिका-१६ द्वारा राहत वितरण सुरु

April 3, 2020
658
Shares
- ADVERTISEMENT -

काठमाडौं, २१ चैत २०७६ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावितहरु बनेकालाई राहत वितरण गर्न सुरु गरेको छ ।

वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई राहत वितरण सुरु गरेको वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिनुभयो । उहाले बिहीबार र शुक्रबार गरी ६ सय जनालाई राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

रिजालका अनुसार राहत लिनका लागि वडाले महानगरीय प्रहरी बृत्त बालाजु र स्रोहखुट्टे तथा प्रहरी बिट म्हैपी, चःमती, वनस्थली, खरिबोट र सामूदायिक प्रहरी बालाजुबाट फारम लिइ त्यहीँ बुझाउन आह्वान गरेको थियो । जसअनुसार वडा नम्बर १६ भरीका जम्मा ३ हजार ९ सय जनाले आवेदन दिएको बताउँदै रिजालले उनीहरुमध्ये ६ सय जनालाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिँदै जाने बताउनु भयो ।

वडा कार्यालयका अनुसार बिहीबार बालाजुमा ३ सय जनालाई र शुक्रबार बनस्थलीमा ३ सय जनालाई राहत वितरण गरिएको छ । राहत सामग्रीमा चामल, दाल, तेल, मसला, नुनलगायतका खाद्य सामग्री रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।

यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले निर्णय गरेको थियो ।

जसअनुसार काठमाडौं महानगरपालिकाले सबै वटामा राहतमा एकरुपता गर्ने गरी राहत वितरण मापदण्ड नै बनाएको छ । मापदण्डले अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भन्नाले सङ्गठित संस्थामा काम गर्ने बाहेक महानगरमा विगतदेखि दैनिकरुपमा ज्याला मजदूरी गर्दै आएका, काठमाडौँमा घरजग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदूर भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -